कंगनालाई प्रहरी सुरक्षा

कंगनालाई प्रहरी सुरक्षा

मुम्बई : भारतको केन्द्र सरकारले बलिउड अभिनेत्री कंगना रनावतलाई प्रहरी सुरक्षा दिने निर्णय गरेको छ।

नायक सुशान्त सिंह राजपुतको निधनपछि कंगनाले मुम्बईमा आफू असुरक्षित महसुस गरिरहेको बताएकी थिइन्। उनी सुशान्तको पक्षमा निरन्तर वकालत गरिरहेकी छन्। केन्द्र सरकारका तर्फबाट सुरक्षा प्रदान गर्ने रिपोर्ट सार्वजनिक भएपछि कंगनाले ट्विटरमा केन्द्रीय गृहमन्त्री अमित शाहलाई धन्यवाद दिएकी छन्।

कंगनाले ट्विट गर्दै भनेकी छन्, ‘यो प्रमाण हो कि अब कुनै देशभक्त आवाजलाई कुनै फासीवादीले कुल्चन सक्दैन। म अमित शाहजीप्रति आभारी छु। उनले चाहेको भए मलाई केही दिनपछि मुम्बई आउने सल्लाह दिन्थे तर उनले भारतकी एक छोरीको वचनको मान राखे, हाम्रो स्वाभिमान र आत्मसम्मानको लाज राखे।’

केन्द्र सरकारको यो निर्णय शिवसेनाका सांसद सञ्जय राउत र कंगनाबीच चलिरहेको तीक्ततायुक्त बयानबाजीबीच आएको हो। सञ्जयले कंगनालाई असुरक्षा महसुस गरे मुम्बई नआए भैगो नि भन्दै आएका थिए। कंगनालाई ‘वाई’ श्रेणीको सुरक्षा दिइनेछ। यो श्रेणीमा दुई पर्सनल सिक्युरिटी अफिसर्स (पीएसओ) सहित ११ जना सुरक्षाकर्मी हुन्छन्। उनी मुम्बई पुग्नुअघि नै सोमबार उनको कार्यालयमा बीएमसीबाट छापा मारिएको छ। एजेन्सी


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.