चीन-अस्ट्रेलिया सम्बन्धमा दरार, दुई अस्ट्रेलियन पत्रकारले चीन छाडे
बेइजिङ : दुई अस्ट्रेलियन पत्रकारले चीन छाडेका छन्। अस्ट्रेलिया र चीनबीच कुटनैतिक गतिरोध कायम रहेका बेला अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसनका बील बर्टल्स र अस्ट्रेलियन फाइनान्सियल रिभ्यूका माइक स्मिथले मंगलबार चीन छाडेका हुन्।
बीबीसीका अनुसार चिनियाँ अधिकारीले दुबै पत्रकारलाई चीन छाड्नुअघि सोधपुछ गरेको थियो। तर एबीसीले बर्टल्सलाई ‘चीनमा उनको रिपोर्टिङका सम्बन्धमा नसोधिएको’ बताएको छ। अधिकारीहरूले हालै चीनले अस्ट्रेलियन पत्रकार चेङ लेईलाई गरेको नजरबन्दका विषयमा सोधपुछ गरेका थिए।
अस्ट्रेलियाका विदेशमन्त्री मरिस पेनले दुबै पत्रकारलाई अस्ट्रेलिया फर्काउन सहयोग गरेको बताएकी छिन्। ‘बेइजिङस्थित हाम्रो दूतावासले चिनियाँ अधिकारीसँग ती पत्रकारको सुरक्षा र अस्ट्रेलिया फर्काउने सम्बन्धमा कुरा गरेको थियो’ उनले मंगलबार विज्ञप्ति मार्फत् छिन्।
बर्टल्सले दुई देशबीचको यस्तो परिस्थितिमा चीन छाड्नु निकै ‘निराशाजनक’ भएको बताएका छन्। ‘यस्तो विकसित परिस्थितिमा छाड्नु निकै निराशाजनक अवस्था हो।’
चीन र अस्ट्रेलियाबीचको सम्बन्ध हालका वर्षहरूमा बिग्रिएको छ।