विषालु साग खाएका ५ जना बेहोस्
डोल्पा : माथिल्लो डोल्पामा विषालु साग खाँदा ५ जना बिरामी परेका छन । गुम्बाको काम गर्न माथिल्लो डोल्पा पुगेका जाजरकोटका ५ जना विषालु साग खाएर बिरामी परेका हुन ।
प्रजिअ सुनारका अनुसार बेहोस हुनेमा जाजरकोट नलगाड नगरपालिका ५ वर्ष १९ का नरेन्द्र वली, वर्ष ३६ का गोपाल वली, वर्ष १८ का अजय वली, वर्ष ३३ का शिवराज वली र ३८ वर्षका टेकबहादुर वली रहेका छन ।
उनीहरु मध्य एक जना सामान्य रहेको अरु सबै दुई दिनदेखि बेहोस अवस्थामै रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हरिराम डांगीले जानकारी दिए । साग खाएर बेहोस भएका पाँचै जनालाई स्थानीय स्वास्थ्य संस्थामा उपचार गरेपनि होस नआएपछि नेपाली सेनाको हेलीकप्टरबाट उद्धार गरि नेपागन्ज् लगिएको प्रमुख जिल्ला अधिकारी सुनारले बताए ।
माथिल्लो डोल्पामा काम गर्न गएका पाचजना कामदार अचेत रहेको भन्ने खबर पाएपछि उपचारका लागि हेलीकप्टरमार्फत नेपालगञ्जमा ल्याएको वनमन्त्री शक्ति बस्नेतले जानकारी दिए ।