तमानखोलामा चार स्वास्थ्यकर्मीसहित ९ जनामा कोरोना संक्रमण

तमानखोलामा चार स्वास्थ्यकर्मीसहित ९ जनामा कोरोना संक्रमण

बागलुङ : जिल्ला सदरमुकामको समुदायस्तरमा फैलिएको कोरोना संक्रमणको जोखिम कम हुँदै गएपनि दुरको तमानखोला गाउँपालिकामा कोरोना संक्रमण बढ्दै गएको छ । मंगलबार मात्रै थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये चारजना स्वास्थ्यकर्मी हुन् ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पीसीआर परीक्षणमा तमानखोला गाउँपालिकाका ६ जना महिला र ३ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गरौले जानकारी दिए ।

उनका अनुसार, तमानखोला गाउँपालिका वडा नम्बर १ का ३८ वर्षीय पुरुष, ४० वर्षीय पुरुष, २३ वर्षीया महिला, २९ वर्षीया महिला, २२ वर्षीया महिला, २८ वर्षीया महिला, वडा नम्बर २ का १८ वर्षीया महिला, वडा नम्बर ५ का ३० वर्षीाय महिला र वडा नम्बर ८ की १९ वर्षीय पुरुषाई कोरोना संक्रमण पुष्टि भएको छ ।

गत भाद्र १४ गते तमानखोला गाउँपालिका–२ की एक स्वास्थ्यकर्मी र एक व्यवसायी महिलालाई कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुको कन्ट्याक्ट ट्रेसिङबाट १ सय १९ जनाको स्वाब परीक्षणको लागि पठाइएकोमा ९ जनामा संक्रमण देखिएको गुरौले बताए । 

संक्रमितलाई जिल्लाको पश्चिममै रहेको बुर्तिबाङ प्राथमिक केन्द्रको आइसोलेसनमा ल्याउने तयारी छ । जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या ३ सय ८ जना पुगेको छ । जसमा २ सय ७२ जना निको भइसकेका छन् भने २६ जना आइसोलेसनमा छन् । एक जना युवकको मृत्यु भइसकेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.