बेलारुसमा विपक्षी दलकी नेत्रीलाई नियन्त्रणमा लिइयो
मिन्स्क : बेलारुसमा विपक्षी दलकी नेत्री मारिया कोलेस्निकोवा आफ्नै देशको सीमा क्षेत्रमा पक्राउ परेकी छन् ।
सीमा पार गर्ने क्रममा उनलाई मंगलबार सुरक्षाकर्मीले पक्राउ गरी नियन्त्रणमा लिएका छन् । अन्तर्राष्ट्रिय मिडियाका अनुसार उनी विपक्षी समन्वय परिषदका दुई सदस्यको साथमा रातारात सीमा पार गर्ने प्रयासमा थिइन् ।
जब कि, ती दुई सदस्य युक्रेन पार हुन सफल भए । पछिल्लो केही सातादेखि बेलारुसमा सरकारविरोधी प्रदर्शन हुँदैआएको छ । प्रदर्शनको नेतृत्व उनै विपक्षी नेत्री मारिया लगायत नेताहरुले गर्दैआएका छन् ।
साथै उनीहरुले यहाँका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले चुनावमा राज्य शक्तिको दुरुपयोग गरी आफ्नो पक्षमा मत ल्याएको भन्दै विरोध गर्दैआएका छन् । लुकाशेन्को बेलारुसमा झण्डै ३ दशकदेखि नेतृत्वमा छन् । लोकतान्त्रिक समूहले भने उनले सत्ता हस्तान्तरण गर्नुपर्ने भन्दै विरोध गरेका हुन् । यस्तै सन्दर्भमा विपक्षी नेत्री मारियालाई पक्राउ गरिएको स्थानीय मिडियाले जनाएका छन् ।