इजिप्टमा कोरोना संक्रमित एक लाखभन्दा बढी
इजिप्टमा कोरोना भाइरसका संक्रमितहरु बढ्दो रुपमा देखिएको छ। सोमबारको पछिल्लो परिणामअनुसार कोभिडका संक्रमितहरु एक लाख नाघेको हो । इजिप्टको स्वास्थ्य मन्त्रालयले सो कुराको जानकारी गराएको छ ।
उक्त मन्त्रालयकाअनुसार इजिप्टमा १ लाख ४१ जना संक्रमित भेटिएका छन् । त्यस्तै ५ हजार भन्दा बढी नागरिकको सो संक्रमणबाट ज्यान गएको छ । सोमबारको प्राप्त पछिल्लो समाचारमा ५ हजार ५४१ जनाको यो संक्रमणबाट ज्यान गएको जनाइएको छ । यो संक्रमणका ७९ हजार भन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् । यसरी संक्रमितहरुमा निको हुने दर धेरै देखिएको छ ।
विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांकमा यो भाइरसबाट विश्वका करिब २ करोड ७० हजार मानिस संक्रमित भएका छन् भने यसबाट ८ लाख ८१ हजार जनाको ज्यान गएको छ ।