मजदुर नपाएपछि मदन भण्डारी राजमार्ग दुई महिनादेखि ठप्प

मजदुर नपाएपछि मदन भण्डारी राजमार्ग दुई महिनादेखि ठप्प

उदयपुर : मजदुर अभावका कारण राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्गको निर्माण कार्य दुई महिनादेखि अवरुद्ध भएको छ। विश्वभर फैलिएको कोरोना भाइरसको महामारीका कारण छिमेकी मुलुक भारतबाट आउने कामदार रोकिँदा निर्माण कार्य अवरुद्ध भएको हो। राजमार्गको पुर्विक्षेत्र उदयपुरको सदरमुकाम गाईघाट बजारमा प्रारम्भिकचरणको सववेस लगाएपछि गएको असार दोश्रो साताबाट सडक निर्माणको काम ठप्प भएको हो।

आयोजनाले कुन दिन कति र के काम गर्ने भन्ने बिषयमा ‘क्यालेण्डर डे' नै बनाएर द्रुतगतिमा अगाडी बढेपनि भारतबाट ल्याउने मजदुरलाई पीसीआर परीक्षण, क्वारेन्टाइनमा राख्नुपर्ने जस्ता समस्या देखापरेपछि निर्माण कार्यमा ढिलासुस्ति हुन पुगेको आयोजना कार्यालय गाईघाटका साइड ईन्जिनियर शङ्कर पौडेलले बताए। काममा ढिलासुस्ति हुँदा सदरमुकाम क्षेत्र अस्तव्यस्त बनेको छ। पुर्वनिर्धारित समयअनुसार भदौ महिनाको पहिलो सातासम्म सदरमुकाम क्षेत्र कालोपत्रे भै सक्नु पर्ने थियो। तर प्रारम्भिकचरणको वेस मात्र रहेकाले बजार क्षेत्र सामान्य पानी पर्दा हिलाम्मै हुन थालेको छ।

भइरहेको कालोपत्रेलाई भत्काएर सडक फराकिलो बनाउन खोज्दा र समयमा कालोपत्रत्रे नहुँदा बजारबासी पानी पर्दा हिलो र घाम लाग्दा धुलाम्मे सडक प्रयोग गर्न बाध्य भएको वडानं ११ का वडाध्यक्ष विश्वराज भट्टराईले बताए। उनले समयमा काम भएको भए सडककैकारण आफ्नो वडाको मुहार नै फेरिने बताए। सडक निर्माणमा ढिलासुस्ति हुँदा दशैमा समेत हिलाम्मे सडक हुने अवश्था आएको उनको भनाई छ।

आयोजनाको असार मसान्तसम्म ९० प्रतिशत काम सम्पन्न गरीसक्ने लक्ष्य रहेकोमा हालसम्म ७५ प्रतिशतमात्र काम सम्पन्न भएको निर्माण कम्पनी जेडआइइसी लामा एण्ड शर्मा जोइन्ट भेन्चरका प्रोजेक्ट म्यानेजर सीताराम दाहालले बताए। उनले भने, ‘चैत्र महिनामा देखापरेका कोरोना भाईरसका कारण ४५ दिन काममा अवरोध पुग्यो, त्यसले हामीलाई निकै पछाडि पार्यो। उनकाअनुसार हालसम्म ७० प्रतिशत बित्तीय प्रगति र ७५ प्रतिशत कामको भौतिक प्रगति भएको छ।

कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन सरकारले लकडाउन गरेको करिव डेढमहिना पछि गत वैशाखको अन्तिमसाताबाट जिल्ला प्रशासन कार्यालयले निर्माण कम्पनिलाई सवै किसिमको पास उपलब्ध गराएर सडक निर्माणको कामलाई निरन्तरता दिएको थियो। तर भारतबाट मजदुरहरु ल्याउनु पर्ने र कोरोनाको महामारीकाबीच त्यसरी मजदुर ल्याउन असहज भएकोले निर्माणको काममा अवरोध भएको उनले बताए।

आयोजनाको क्षेत्राधिकारको एक सय २६ किलोमिटर मध्ये यस अघि ८६ किलोमिटर खण्डमा पहिलो चरणको डेन्स बिटुमिनस् कंक्रिटको काम सम्पन्न भइसकेको आयोजना प्रमुख वेलवहादुर भुजेलले बताए। जिल्लाको पश्चिमी क्षेत्र उदयपुरगढी गाउँपालिकाको नेपालटारदेखि सदरमुकाम गाईघाट हुँदै पूर्वतर्फको बेल्टार बजारसम्मको ५१ किलोमिटर सडक खण्डमा अस्फाल कंक्रिट निर्माण (दोश्रो लिएर)को कालोपत्रे पनि सकिएको उनले बताए।

यस वाहेकका बाँकी स्थानमा सबबेस र बेस निर्माण गर्ने कार्य अगाडि बढिरहेको उनले बताए। उनले भने, ‘क्यालेण्डर बनाएर अघि बढ्दासमेत कोरोनाका कारण निर्माण कार्य प्रभावित भयो।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.