बलात्कृत किशोरीको उद्धार, आरोपित पक्राउ

बलात्कृत किशोरीको उद्धार, आरोपित पक्राउ

बैतडी : सिगासकी १७ बर्षीया बलात्कृत किशोरीको प्रहरीले उद्धार गरेको छ। ती किशोरीलाई विद्यालयमै पढाउने शिक्षक र अहिले गाउँपालिकामा कार्यरत कर्मचारीले पटक पटक बलात्कार गरेको आरोप लागेपछि प्रहरीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए। उनले भने ‘हामीले यो घटनाको सुक्ष्म रुपमा अध्ययन गरिरहेका छौं। पीडित किशोरीलाई पनि बुझ्ने काम गरिरहेका छौं। यो घटनामा संलग्न भएका कसैलाई पनि छोडिदैन्।’

पीडित किशोरीसँगै उनका श्रीमान र एकजना दाजु समेत सदरमुकाम पुगेका छन्। सोमबार सिगास पुगेको प्रहरीले मंगलबार किशोरीको उद्धार गरेर सदरमुकाम पुर्‍याएको हो। किशोरीले बिहे गरेको ६ महिनामै बच्चा जन्माएपछि उनीमाथि बलात्कार भएको घटना बाहिर आएको हो। यो घटना पहिलाकै भए पनि स्थानीयस्तरमै मिलाउन प्रयास गरिएकाले ढिलो गरि बाहिर आएको किशोरीका आफन्तले जनाएका छन्।

पीडित किशोरीलाई जिल्ला अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्रमा राखिने जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक अधिकारीले जानकारी दिए। उनले भने ‘हामीले किशोरीलाई उद्धार गरेर ल्याएका छौं। यो घटनाको सुक्ष्म रुपमा अध्ययन गरेर अघि बढ्छौं।’

किशोरीलाई शिक्षक खडकबहादुर बोहरा, गाउँपालिकामा कार्यरत केशव बोहरा र स्थानीय रामसिंह बोहराले पटकपटक बलत्कार गरेको आरोप लागेको छ। आरोपित मध्ये खडक र रामसिंह बोहरालाई  नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक गौरीप्रसाद जैशीले जानकारी दिए।  आरोपित अर्का एकजनाको खोजी भईरहेको उनले बताए।

किशोरीलाई ललाईफकाई गरेर करणी भएको भएपनि कानुन अनुसार कारवाही हुने प्रहरी नायव उपरीक्षक अधिकारीले बताए। मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १८ मा १८ बर्षभन्दा कम उमेरका महिलालाई ललाई फकाई वा महिलाको मञ्जुरी लिएर करणी गरेमा समेत कानुनी कारवाही उल्लेख छ। कानुन अनुसार त्यस्तो कार्यमा संलग्न व्यक्तिलाई सोह्र वर्ष वा सोह्र वर्षभन्दा बढी अठार वर्षभन्दा कम उमेरकी महिलामाथि करणी गरेमा दश वर्षदेखि बाह्र वर्षसम्म कैद सजाय हुने उल्लेख छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.