धन्न बाँचेका छन् शिव
काठमाडौं : ‘घाम जस्तो चम्किलो जून हुँदैन’, ‘यत्ति जान्न मन छ’, ‘घामले नि पोल्दियो’, ‘भुमरीमा परेँ भने म’ लगायतका गीतका रचनाकार तथा संगीतकार शिव सुवेदीको शब्द र संगीत रहेको नयाँ लोक गीतको भिडियो रिलिज भएको छ। ‘बाँचेको छु धन्न’ बोलको गीतमा समीक्षा अधिकारी र विक्रम परियारको स्वर छ।
भिडियोमा अभिनेता गौरव पहारी र मोडल आशा खड्काले अभिनय गरेका छन्। देवेन्द्र बब्लुले निर्देशन गरेको भिडियोमा सडक दुर्घटनापछि छुटेको जोडीको कथा देखाइएको छ। प्रेमिकाको यथार्थ नदेखेका प्रेमीको शंका र अचानक भएको भेटपछिको अवस्थालाई बब्लुले सुन्दर तवरले भिडियोमा उतारेका छन्। भिडियोका छायाँकार अनिलकृष्ण मानन्धर हुन् भने सम्पादन प्रवीण भट्टले गरेका छन्।
दुई सय ८८ हरफको गीत
विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको दुई सय ८८ हरफको गीत श्रोतामाझ आएको छ। यो गीतले केही समयपहिला विश्व रेकर्ड कायम गरेको थियो। गीतमा माया, सम्मान, ख्याल, सुरक्षा र व्यवहारको व्याख्या गरिएको छ।
सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा सागर अधिकारी ‘शरद’ र तृप्ति खड्काको स्वर छ। उपाध्यायका गीत सबै वर्ग, पेसा र समुदायका लागि रहेका छन्। उनका २३ एल्बममा रहेका गीतमा माया प्रेम, रोमान्स बिछोड मात्र नभएर समाजका लागि लेखिएका गीत पनि छन्।
चाडपर्वका गीतदेखि लिएर छोरी बिदाइ गर्दाका गीत, पर्यटन गीत, स्वास्थ्य तथा योगसम्बन्धी गीत, महिला प्रताडनासम्बन्धी गीत; मजदुर, किसान, भरियासम्बन्धी लगायत विभिन्न परिवेशका गीत छन्।श्रमिककै गरिरहेछु भन्ने मञ्जुल आफूलाई हीरामोती खोज्ने क्रममा दौडिरहेको कलाकार बताउँछन्। भन्छन्, ‘जीवनपर्यन्त ढुंगासँगको साइनो छुट्ने छैन।