अक्स्फोर्ड कोरोना खोपको परीक्षण स्थगित

अक्स्फोर्ड कोरोना खोपको परीक्षण स्थगित

लन्डन : अक्स्फोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरिरहेको कोरोना खोपको अन्तिम परीक्षण स्थगित भएको छ। परीक्षणमा भाग लिएकामा गम्भीर समस्या देखिएपछि यसको तेस्रो चरण अर्थात् अन्तिम परीक्षण बिचैमा रोकिएको बीबीसीले उल्लेख गरेको छ।

यसबारे एस्ट्राजेनेकाले परीक्षणको ‘रुटिन’ अहिलेलाई रोकिएको जनाएको छ।

विकसित भइरहेको उक्त खोपको परिणामलाई विश्वले चासोका साथ हेरिरहेको थियो। खोपलाई विकसित भइरहेका दर्जनौँ खोपहरूसँग बलियो प्रतिस्पर्धीका रूपमा लिइएको थियो। पहिलो र दोस्रो परीक्षण सफल भएपछि यसलाई बजारमा सबभन्दा पहिले उपलब्ध हुन सक्ने आँकलन गरिएको थियो।

यस खोपको अन्तिम परीक्षणमा अमेरिका, बेलायत, ब्राजिल तथा दक्षिण अफ्रिकाका ३० हजार सहभागी भएका छन्। खोपको अन्तिम परीक्षणमा हजारौँ सहभागी हुनुपर्छ साथै यो परीक्षण धेरै वर्ष पनि लाग्न सक्छ।

स्थगित खोपको परीक्षण केही दिनमा पुनः सुचारु हुन सक्ने अक्स्फोर्ड विश्वविद्यालयका प्रवक्ताले जनाएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.