दार्चुलामा दुईजना थपिएसँगै कोरोना संक्रमितको संख्या ५६ पुग्यो
दार्चुला : दार्चुलामा बुधबार थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा जिल्लाको महाकाली नगरपालिकाका एकजना र ब्याँस गाउँपालिकाका एकजनामा कोरोना पुष्टि भएको हो ।
बुधबार कोरोना पुष्टि भएकासहित भदौ २१ गते एक सय ३४ जनाको स्वाब संकलन गरी परीक्षणको लागि डडेल्धुरा अस्पतालको प्रयोगशाला पठाइएको थियो । डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा दार्चुलाका दुईजनामा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।
यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या ५६ पुगेको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका सुचना अधिकारी डम्मर दत्त भट्टले बताए ।