पौडेल बेपत्ता प्रकरण : एक आरोपित सुधारगृह, अर्का कारागार चलान

पौडेल बेपत्ता प्रकरण : एक आरोपित सुधारगृह, अर्का कारागार चलान

स्याङ्जा : वालिङका राजन पौडेललाई बेपत्ता पारेको आरोपमा उनका दुई जना साथीलाई पूर्पक्षका लागि थुनामा पठाएको छ। एक महिनाअघि ती दुई साथीसँगै खेल्न गएका १८ वर्षीय पौडेलको अवस्था अझै अज्ञात छ। वेपत्ता पारेको आरोपमा अदालतले दुबै जनालाई पूर्वक्षका लागि कारागार पठाउने निर्णय गरेको थियो।

जिल्ला अदालतमा मंगलबारको थुनछेक बहसमा पूर्पक्षका लागि थुनामा परेमा ती मध्ये एक नावालक भएकाले सुधारगृह र अर्कोलाई कारागार पठाएको हो। 
दुई मध्ये २० बर्षिय एक किशोर कारागारमा र अर्का १८ वर्षै एक बालकलाई पोखरास्थित सुधारगृह पठाउने अदालतको निर्णय भएको प्रहरी नायब उपरिक्षक राजेन्द्र अधिकारीले जानकारी दिए।

नेपालको कानुन बमोजिम १८ वर्ष पुरा नभएकालाई नाबालक मानिने जनाउँदै जिल्ला न्यायाधीश रमानाथ पौडेलको ईजलासले एउटालाइ सुधार गृहमा र अर्का आरोपितलाई थुनामा राख्ने आदेश भएको श्रेस्तेदार विश्वप्रसाद रेग्मीले जानकारी दिए। आफ्नै साथीसँग खेल्न गएका १८ वर्षीय राजन पौडेल साउन २६ गतेदेखि बेपत्ता छन्। आफ्ना दुई साथीसँगै पोडी खेल्न गएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

राजनले लगाएको कपडा र मोबाइल भीरकोट नगरपालिकाको ओडारेस्थित आँधीखोलाको किनारमा फुटेको अवस्थामा भेटिएको थियो। कपडा भेटिएको ठाउँबाट मोबाइल भेटिएको दुरी झण्डै एक किलोमीटर टाढा रहेको वालिङ वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए। 
प्रहरीले घटना लगत्तै उनका दुई जना साथीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दै आएको छ। उनीहरुका बयानका आधारमा आँधीखोलामा पोखराबाट गोताखोर ल्याएर खोजीकार्य गरे पनि पत्ता लाग्न सकिएको छैन।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.