ग्रीसको आप्रवासी शिविरमा आगलागी भएपछि हजारौँ विस्थापित

ग्रीसको आप्रवासी शिविरमा आगलागी भएपछि हजारौँ विस्थापित

एथेन्स : ग्रीसमा आप्रवासी बस्तीमा आगलागी भएपछि एक हजार भन्दा धेरै मानिस विस्थापित भएक छन् ।

ग्रीसको लेस्बोसस्थित मोरिया आप्रवासी शिविरमा आगलागी भएको हो । कोरोनाभाइरस संक्रमणविरुद्ध लकडाउन लगाइएको उक्त आप्रवासी बस्तीमा १२ हजार भन्दा धेरै आप्रवासीले आश्रय लिइरहेका थिए ।

शिविरको भित्र र बाहिरको क्षेत्रमा आगो फैलिएपछि स्थानीयका घर क्षतिग्रस्त भएका छन् । तर लकडाउनका कारण यस क्षेत्रमा केही दिनदेखि नै जनजीवन कष्टकर बन्दैथियो । रातको समयमा अचानक सुरु भएको आगलागीबाट मानवीय क्षति भने नभएको बताइएको छ ।

स्वास्थ्यकर्मीहरुले भने मंगलबारसम्म शिविरमा कम्तिमा ३५ जनामा कोरोना संक्रमण भएको बताएका थिए । आगलागीपछि प्रहरी र अन्य सुरक्षाकर्मीहरु घटनास्थलमा खटिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.