मुम्बइमा कंगनाको कार्यालय डोजर लगाएर भत्काइयो

मुम्बइमा कंगनाको कार्यालय डोजर लगाएर भत्काइयो

नयाँदिल्ली : बलिउड अभिनेत्री कंगना रनौतको कार्यालय डोजर चलाएर भत्काइएको छ । महाराष्ट्र सरकारसँग कंगनाको विवाद चलिरहँदा यस्तो घटना भएको हो ।

कंगनाले उक्त भवन अवैध रुपमा बनाएको कारण देखाउँदै बृहन्मुम्बई महानगरपालिकाले डोजर प्रयोग गरी कार्यालय भत्काइदिएको हो । महानगरले यसअघि नै  २४ घन्टे अल्टिमेटमसहित बीएमसीले नोटिस टाँसेको थियो । कंगना भने मुम्बइ पुग्नुअघि नै उनको कार्यालय भत्काइएको हो । कंगनाले यस घटनाको विरोध गर्दै ट्वीटरमा समेत लेखेकी छन् ।

उनले कार्यालय फेरि निर्माण गर्ने भन्दै सरकारलाई चेतावनी दिएकी छन् । कंगनाको केही सातादेखि नै महाराष्ट्र सरकारका मुख्यमन्त्री उद्धव ठाकरेसँग विदविवाद हुँदैआएको थियो । सुशान्त सिंह राजपुतको मृत्यु र रिया चक्रवर्तीको पक्राउबारे कंगनाले सार्वजनिक रुपमा विवादित अभिव्यक्ति दिँदैआएकी छन् ।

यसबारे महाराष्ट्रका मन्त्री सञ्जय राउत लगायत नेताहरुसँग वाकयुद्ध नै चल्दैआएको छ । कंगनाले उक्त घटनालाई महराष्ट्र सरकारका 'गुन्डाहरु' आफ्नो अफिस पुगेको र अफिस भत्काएको भन्दै आक्रोश व्यक्त गरेकी थिइन् । साथै महानगरविरुद्ध उच्च न्यायलयमा उजुरी पनि दिएकी छन् । तर कंगनालाई हिमाञ्चल प्रदेश सरकारले यसअघि नै ११ जना सुरक्षाकर्मीसहितको 'वाई ग्रेड' को सुरक्षा पहरा दिएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.