खुलासा : ट्रम्पलाई कोरोना संकट पहिल्‍यै थाहा थियो, तर हल्का रुपमा लिए !

खुलासा : ट्रम्पलाई कोरोना संकट पहिल्‍यै थाहा थियो, तर हल्का रुपमा लिए !

वासिङटन : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोभिड–१९ महामारीबारे पहिले नै जानकारी पाएको खुलासा भएको छ ।

तर उनी संकट सामना गर्न चाहन्थे । अमेरिकी पत्रकार बब उडवर्डले हालै प्रकाशित पुस्तक ‘रेज’मा यस्तो दावी गरेका छन् । ‘वाटर गेट’ काण्ड ब्रेक गर्ने पत्रकार उडवर्डले डिसेम्बरदेखि जुलाइसम्म १८ पटक ट्रम्पको अन्तर्वार्ता लिइसकेका छन् ।

ट्रम्पले उडवर्डसँग यो भाइरस घातक चिज वस्तु भएको बताएका थिए । उडवर्डका अनुसार ट्रम्पले यस्तो भन्दा अमेरिकामा कोरोनाबाट एकजनाको पनि मृत्यु भएको थिएन । तर उनले यसलाई समाधान गर्न नचाहेको बताएका छन् ।

ट्रम्पले भने उडवर्डको उक्त पुस्तकलाई ‘फेक’ भन्दै ट्वीटर मार्फत टिप्पणी गरेका छन् । उडवर्डले ट्रम्पलाई घातक भाइरस र यसको गम्भीरता बारे पनि जानकारी पहिल्यै भएको बताएका हुन् ।

ट्रम्पसँग उडवर्डको फोन टेप रेकर्ड अनुसार उनले गत फेब्रुअरीमा उडवर्डलाई कोरोनाभाइरस अरु ‘फ्लू’ भन्दा प्राणघातक भनेका थिए । ‘तपाईँलाई थाहा छ ? यो प्राणघातक चिज हो,’ ट्रम्पले भनेका थिए । बुधबार उडवर्ड र ट्रम्पको अन्तर्वार्ताको केही अंश अमेरिकाका केही मिडियाले सम्प्रेषण गरेका छन् ।

अमेरिकामा मार्च १९ मा कोरोनाभाइरस संक्रमण फैलिन थालेको हो । र ह्वाइटहाउसले देशव्यापी संकटकाल घोषणा गरेको थियो । ‘म यसलाई सधैँ सामान्य रुपमा लिन चाहन्थेँ, म अझै यसलाई हल्का रुपमा लिँदैछु, किनकि, म त्रास सिर्जना गर्न चाहन्नँ,’ ट्रम्पले भनेका थिए ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.