कोरोना समलिङ्गी विवाह गर्नेका लागि ‘भगवानको सजाय’ बताउने चर्चका प्रमुखलाई भाइरस संक्रमण

कोरोना समलिङ्गी विवाह गर्नेका लागि ‘भगवानको सजाय’ बताउने चर्चका प्रमुखलाई भाइरस संक्रमण

किभ : कोरोना भाइरसलाई समलिङ्गी विवाह गर्नेका लागि ‘भगवानको सजाय’ बताउने युक्रेनस्थित एक प्रतिष्ठित चर्चका प्रमुखलाई भाइरस संक्रमण भएको छ। युक्रेनी परम्परागत चर्चका प्रमुख पाट्रिआक फिलारेटमा कोरोना संक्रमण पुष्टि भएको हो।

चर्चका अनुसार उनमा शुक्रबार भाइरस संक्रमण पुष्टि भएको हो। उनको स्वास्थ्य स्थिति अहिले स्थिर रहेको चर्चले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

‘पाट्रिआक फिलारेट विशेषगरी उहाँको स्वास्थ्यप्रति चासो देखाउँदै माया र समर्थन जनाउनुहुने सबैमा आभार प्रकट गर्नुहुन्छ’, मंगलबार जारी गरिएको विज्ञप्तिमा भनिएको छ’, ‘आज उहाँको स्वास्थ्य अवस्था स्थिर छ। उपचार जारी छ।’

९१ वर्षीय पाट्रिआकले गत मार्चमा एक सञ्चारमाध्यममा कोरोना भाइरस ‘मानिसका पापहरूका लागि भगवानको सजाय’ बताएका थिए। ‘प्रथमत, मेरो मतलब समलिङ्गी विवाह गर्नेका लागि हो’, उनले भनेका थिए।

डिसेम्बरदेखि फैलिएको कोरोना भाइरसबाट हालसम्म विश्वमा २ करोड ७७ लाख २० हजार बराबर संक्रमित भइसकेका छन्। जसमध्ये ९ लाख १ हजार बढीको ज्यान गएको छ भने १ करोड ८६ लाख ४१ हजार ९० निको भएका छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.