घटे टेलिफोन प्रयोगकर्ता

घटे टेलिफोन प्रयोगकर्ता

काठमाडौं : पछिल्लो समय टेलिफोन प्रयोगकर्ता घटेका छन्। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको एमआईएस (म्यानेजमेन्ट इन्फरमेसन सिस्टम) प्रतिवेदनअनुसार टेलिफोन प्रयोगकर्ता घटेको देखिएको हो। १२ महिनाको अवधिमा ३८ लाख ४१ हजार ४ सय २४ को संख्याले टेलिफोन प्रयोगकर्ता घटेको हो। २०७६ साउनमा टेलिफोन प्रयोगकर्ता ४ करोड १७ लाख १ हजार ४ सय २० थिए। २०७७ असारमा उक्त संख्या ३ करोड ७८ लाख ८५ हजार ९ सय ९६ मा झरेको छ।

प्राधिकरणका सूचना अधिकारी सन्दीप अधिकारी टेलिफोन प्रयोगकर्ता घट्नुमा कोरोनाको प्रकोप र बहुसिम प्रयोगमा कडाइ गरिनु प्रमुख कारण रहेको बताए। ‘एउटै व्यक्तिका नाममा जारी भएका बहुसिम निष्क्रिय गरिएको छ। कोभिड–१९ का कारण भारतीय कामदारको सिम सक्रिय छैन’, अधिकारीले भने, ‘पर्यटकले पनि सिम प्रयोग गर्थे।’ पर्यटक र भारतीय कामदार भित्रिन नपाउँदा पनि टेलिफोन प्रयोगकर्ता घटेको अधिकारीले बताए।

टेलिफोन प्रयोगकर्ता २०७६ माघदेखि घट्न थालेका हुन्। २०७६ पुससम्म टेलिफोन प्रयोगकर्ता ४ करोड ३० लाखभन्दा धेरै पुगिसकेका थिए। २०७६ माघमा ४ करोड १५ लाखमा झरेको थियो। २०७६ फागुनमा ३ करोड ८७ लाखमा झरेको थियो।

एक वर्षको अवधिमा सबैभन्दा धेरै नेपाल टेलिकम प्रयोगकर्ता घटेका छन्। उक्त अवधिमा नेपाल टेलिकम प्रयोगकर्ता २९ लाख ९२ हजारले घटेको छ। २०७६ साउनमा नेपाल टेलिकमका प्रयोगकर्ता २ करोड २९ लाख ४० हजार थिए। २०७७ असारमा उक्त संख्या घटेर १ करोड ९९ लाख ४८ हजारमा झरेको छ।

यस्तै एनसेल प्रयोगकर्ता ९ लाख २९ हजारले घटेको छ। २०७६ साउनसम्म एनसेलका प्रयोगकर्ता १ करोड ६६ लाख ९० हजार थिए। २०७७ असारमा प्रयोगकर्ता १ करोड ५७ लाख ६१ हजारमा झरेको छ।

एक वर्षको अवधिमा स्मार्ट टेलिकमको प्रयोगकर्ता भने बढेको छ। स्मार्ट टेलिकमको प्रयोगकर्ता ७८ हजार ९ सय ८३ ले बढेको छ। २०७६ साउनमा स्मार्ट टेलिकमका प्रयोगकर्ता २० लाख ६८ हजार ९७ थिए। २०७७ असारमा यो संख्या बढेर २१ लाख ४७ हजार ८० पुगेको छ।

एनसेलले गुमायो १४ लाख प्रयोगकर्ता

२०७६ फागुनसम्म ३ करोड ८७ लाख ७५ हजार ६७८ प्रयोगकर्ता थिए। लकडाउन सुरु भएदेखि ९ लाख १५ हजार ६ सय ८२ प्रयोगकर्ता घटेका छन्। लकडाउन अवधिमा सबैभन्दा धेरै ग्राहक एनसेलले गुमाएको छ। एनसेलले पाँच महिनाको अवधिमा १४ लाख ९ हजार ७ सय ६० ग्राहक गुमाएको हो। लकडाउन अघिसम्म एनसेलका ग्राहक १ करोड ७१ लाख ७१ हजार ६ सय ७५ थिए। अहिले त्यो घटेर १ करोड ५७ लाख ६१ हजार ९ सय ३ पुगेको छ। नेपाल टेलिकमले भने लकडाउन सुरु भएदेखि भने ग्राहक बढाएको छ। चार महिनाको अवधिमा नेपाल टेलिकमको ग्राहक ४ लाख ५१ हजार ८ सय २७ ले बढोत्तरी भएको छ। यस्तै स्मार्ट टेलिकमको पनि प्रयोगकर्ता बढेको देखिएको छ। स्मार्ट टेलिकम प्रयोगकर्ता ४२ हजार २ सय ६३ ले बढेको छ। लकडाउनअघि स्मार्ट टेलिकमका प्रयोगकर्ता २१ लाख ४ हजार ८ सय १७ थिए। २०७७ असारमा प्रयोगकर्ताको संख्या २१ लाख ४७ हजार ८० पुगेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.