‘राष्ट्रिय सुरक्षामा जोखिम’ हुने भन्दै अमेरिकाले गर्‍यो हजार बढी चिनियाँ नागरिकको भिसा रद्द

‘राष्ट्रिय सुरक्षामा जोखिम’ हुने भन्दै अमेरिकाले गर्‍यो हजार बढी चिनियाँ नागरिकको भिसा रद्द

वासिङटन : ‘राष्ट्रिय सुरक्षामा जोखिम’ हुने भन्दै अमेरिकाले १ हजार भन्दा बढी चिनियाँ नागरिकको भिसा रद्द गरेको छ। विदेश विभागकी प्रवक्ता मोर्गान ओर्टागसका अनुसार अमेरिकाले चिनियाँ विद्यार्थी तथा अनुसन्धानकर्ताको भिसा रद्द गरेको हो।

प्रवक्ता मोर्गानले बुधबार मे २९ को राष्ट्रिपतीय घोषणाअनुसार अमेरिकामा अध्ययन तथा अनुसन्धान गर्न चाहने ती चिनियाँ विद्यार्थीका कारण ‘सुरक्षा जोखिम’ हुने भएकाले भिसा रद्द गरेको बताइन्। राष्ट्रपति डोनल्ड ट्रम्पले मे २९ मा ‘हङकङमाथि चीनको अंकुश’ को प्रतिक्रिया स्वरूप घोषणा जारी गरेका थिए। 

‘विभागले मंगलबार हजार जनाभन्दा बढी राष्ट्रपतीय घोषण बमाजेजिम अयोग्य भएका नागरिकको भिसा रद्द गरेको छ’, प्रवक्ता मोर्गानले भनिन्’, ‘उनीहरू अमेरिकाका लागि निकै जोखिम भएका ग्रेजुएट विद्यार्थी तथा शोधकर्ता हुन्।’

प्रवक्ता मोर्गानले घोषणा बमोजिम योग्य हुने चिनियाँ विद्यार्थी तथा शोधकर्तालाई भने सधैँ स्वागत गर्ने बताइन्।

यूएस डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीका कार्यकारी प्रमुख चाद वोल्फले चिनियाँ सैनिकसँग सम्बन्धित अनुसन्धान गर्न चाहने विद्यार्थीको भिसा रोक्ने गरेको बताए। ‘केही चिनियाँ विद्यार्थीहरू र चिनियाँ सेनासँग रणनीतिक सम्बन्ध भएका अनुसन्धानताबाट विशेष सूचनाको चोरी रोक्न भिसा रोक्दै आइएको छ’, उनले भने।

व्यापार युद्ध गरिरहेका दुई देशबीच पछिल्लो समय कोरोना भाइरस र हङकङ मामलाका कारण समेत कटुता उत्पन्न भएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.