अमेरिकी जंगलमा विशाल डढेलो : सहरको आकाश नै बदलियो सुन्तला रंगमा

अमेरिकी जंगलमा विशाल डढेलो : सहरको आकाश नै बदलियो सुन्तला रंगमा

वासिङटन : अमेरिकाको सान फ्रान्सिस्को, उत्तरी क्यालिफोर्निया र नजिकैका अन्य केही सहर नजिकैको जंगलमा विशाल डढेलो लाग्दा हजारौँ प्रभावित भएका छन् ।

डढेलो नियन्त्रणमा आउन नसक्दा हजारौँ मानिस विस्थापित हुनु परेको छ । डढेलोबाट कम्तिमा तीन जनाको मृत्यु भएको बताइएको छ । ती सहरका आकाश डढेलोको मुस्लोले भरिँदा डरलाग्दो सुन्तला रंगमा बदलिएको स्थानीय मिडियाले जनाएका छन् ।

सन फ्रान्सिस्को, ओकल्याण्ड र बर्कलेमाथिको आकाश आगोको मुस्लो र धुवाँले भरिँदा गाढा सुन्तला रंगमा बदलिएको छ । सिएनएन मौसमविद जुडसन जोन्सका अनुसार उक्त मुस्लोले गर्दा सूर्यको किरण सकेत छेकेर अन्धकारजस्तो देखिएको छ ।

डढेलोले गर्दा प्रदुषित वायु सहरमा फैलिएको साथै डढेलो बस्ती नजिकै विस्तार हुँदै गरेको बताइएको छ । स्थानीय अधिकारीका अनुसार यस पटकको डढेलो अघिल्ला वर्षको भन्दा भिन्न र डरलाग्दो छ ।

यद्यपि केही दिनमा मौसम ठीक हुँदै जाने र डढेलो रोकिने अनुमान गरिएको छ । १४ हजार भन्दा धेरै अग्नि नियन्त्रक खटिए पनि उनीहरु सफल हुन सकिरहेका छैनन् । हरेक दिन ठूलो भूभागमा आगो फैलिँदै गरेको छ । अहिलेसम्म २ दशमलब ५ मिलियन एकर भूभाग आगोले ढाकेको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.