विवादित क्षेत्रबाट आफ्ना सेना हटाउन चीन-भारत सहमत

विवादित क्षेत्रबाट आफ्ना सेना हटाउन चीन-भारत सहमत

मस्को : विवादित क्षेत्रबाट आफ्ना सेना हटाउन चीन र भारत दुबै देश सहमत भएका छन्। चिनियाँ विदेशमन्त्री वाङ यी र भारतीय समकक्षी एस जयशङकरबीच रुसको मस्कोमा भएको साइडलाइन भेटमा महिनौँदेखि जारी विवादलाई टुङ्ग्याउन सहमत भएका हुन्।

शाङ्घाई कोअपरेसन अर्गनाइजेसनको मन्त्रीस्तरीय बैठकका क्रममा दुई विदेशमन्त्रीबीच साइडलाइन भेट भएको हो।

भेटपछि शुक्रबार संयुक्त वक्तव्य जारी गर्दै दुबै देशका सेना तुरुन्त विवादित क्षेत्रबाट पछि हट्ने निर्णय भएको बताएका छन्। ‘सीमा क्षेत्रमा पैदा भएको अहिलेको अवस्था कसैको पनि चाहना नभएको बारे दुई विदेशमन्त्री सहमत हुनुभएको छ’, वक्तव्यमा भनिएको छ, ‘त्यसैले तनाव कम गर्न दुबैले सीमा क्षेत्रमा सेनाबीच छलफल जारी राख्ने तथा तुरुन्त आ–आफ्ना सेना पछि हटाउने सहमति भएको छ।’

यसैबीच चिनियाँ विदेशमन्त्री यीले दुबै देशबीच सम्पर्क कायम गरिरहने बताएका छन्। उनले विवादित सीमा क्षेत्रमा ‘शान्ति पुनस्थापना’ गर्न कटिवद्ध भएको भन्दै यसका लागि कुटनीतिक तथा सैनिक च्यानल प्रयोग गर्ने बताएका छन्। 

केही दिनअघि विवादित सीमा क्षेत्र लद्दाखमा ४५ वर्षपछि दुई सेनाबीच गोली हानाहान भएको खबर सार्वजनिक भएको थियो। यसअघि जुन १५ को मध्यरातमा लद्दाखकै गलवान उपत्यकामा झडप हुँदा २० भारतीय सैनिक मारिएका थिए। सो झडपछि लद्दाख क्षेत्रमा शान्ति कायम हुन सकेको छैन।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.