कालिज फार्मभित्र चितुवा पसेपछि...

कालिज फार्मभित्र चितुवा पसेपछि...

बेनी : बेनी नगरपालिका–४ सिंगास्थित हरियाली ग्रुपको कालिज फार्मभित्र शुक्रबार बिहान चितुवा पसेको छ । फार्मभित्र पसेको चितुवाले कालिजका चल्ला मारेको छ । बिहान साढे ६ बजे कर्मचारी दाना दिन फार्मभित्र जाँदा चितुवा भेटिएको थियो । 

'कालिजका चल्लालाई चारो दिन गएकी कर्मचारीलाई लखेटेपछि भागेर बाहिर निस्किइन, 'हरियाली ग्रुपका महाप्रबन्धक शेरबहादुर केसीले भने, '४०० चल्ला छन् । कति मारेको छ भनेर एकिन भएको छैन् ।' चितुवा पसेको फार्मभित्र चार महिनाका चल्ला छन् । 

नजिकै अर्को फार्ममा १०० हजार बयस्क कालिज छन् । मसिनो तारजालीले घेराबार गरिएको कालिज फार्मको माथि पलास्टिकको नेट राखिएको छ । खेतबाट नेटमा फरालेर च्यातीएपछि फार्मभित्र पसेको चितुवा बाहिर निस्कन सकेको छैन् । 

जिल्ला प्रशासन, प्रहरी, सेना, बन डिभिजन कार्यालयलाई चितुवा नियन्त्रणमा लिनका लागि अनुरोध गरिएको महाप्रबन्धक केसीले बताए । वन डिभिजनका प्राबिधिक, प्रहरी र सेनाको टोली घटनास्थल पुगेका छन् । 

चितवन राष्ट्रिय निकुञ्जबाट उपकरण ल्याएर चितुवालाई बेहोस बनाइ नियन्त्रणमा लिएर बाहिर निकाल्न पहल गरिएको घटनास्थल पुगेका वन डिभिजन कार्यालयका प्राबिधिकले बताएका छन् । फार्मको ढोका खोलेर दिउँसो बाहिर निकाल्न खोज्दा मानिसलाई आक्रमण गर्ने खतरा हुने उनिहरुको भनाइ छ । 

हरियाली ग्रुपले गत चैतमा काठमाडौको एभरेष्ट वाइल्ड लाइभ एग्रो एण्ड रिसर्च प्रालिले उत्पादन गरेको चल्ला ल्याएर धौलागिरि क्षेत्रमै पहिलो पटक वनकुखुरा भनिने कालिज पालन सुरु गरेका थिए । 

चल्ला हुर्किएपछि मासुका लागि बिक्री गर्न थालेको छ । समूहले पालेको 'राउननेक' जातको कालिज पाल्नलाई सरकारले अनुमति दिएको छ । ५ महिनाका कालिज दुई किलोका भएका छन् । 

पछिल्लो पटक संशोधित वन ऐनले कालिज पाल्न पाउने व्यवस्था गरेको छ । कालिज सुत्केरी महिला र युरिक एसिड भएका लागि लाभदायक मानिन्छ । कालिज सामान्य कुखुराको जस्तै प्रोटिन बढी भएको दाना खाने गर्दछन । दैनिक तीन पटक दाना र दुई पटक पानी खुवाउने गरिन्छ । 

सात हजार कालिज पालनका लागि फार्मले पाँच रोपनी जमिनमा खोर बनाएको छ । चल्लालाई खोरमा राखिएको छ । हुर्कीएका कालिज राख्न नेट राखिएको खुल्ला ठाउँमा प्राकृतिक हिसाबले बस्न मिल्ने खोर छ ।

कालिजको साथै स्थानीय जातका कुखुरा पनि पाल्न सुरु गरेको छ । पहिलो चरणमा ६०० वटा लोकल कुखुराका चल्ला ल्याएर पालेका छन् । यसअघि काठमाडौं र पोखरालगायत विभिन्न सहरमा कालिजपालन भएको थियो । कालिज नेपालमा पाइने जंगली पक्षी हो । स्वादीलो र स्वास्थ्यका लागि उपयुक्त मानिने कालिजको ब्यवसायिक पालन भएपछि मासुका लागि जंगलको कालिज चोरी शिकारी न्युनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । 

कम्पनीको अगुवाइमा ३६ जना जग्गाधनी कृषकसहित ५५ जनाको पाँच करोड लगानीमा स्थापना भएको हरियाली समुहले १५५ रोपनी जग्गालाई चक्लाबन्दी गरेको छ । कुखुरापालन, तरकारी खेति, माछापालन, बोयर जातको बाख्रा पालन, माहुरीपालन, ड्रागन फुड (सिउडी फल) र पुष्प खेति गरेको छ । 

फार्ममा राष्ट्रिय वाणिज्य बैंकको बेनि शाखाले परियोजना धितोमा राखेर पाँच करोड रुपैयाँ सहुलियत ब्याजदरको कर्जा लगानी गरेको छ । फार्ममा हालसम्म १० करोड रुपैयाँ लगानी भएको छ । 

कृषकहरुलाई समूहकृत गरी जग्गा एकिकरण गर्ने, लगानी जुटाउने र आधुनिक प्रविधि प्रयोग गरी व्यवसायिक कृषि तथा पशुपंक्षिपालन गर्ने कार्यलाई अघि बढाउन राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डाक्टर मिनबहादुर श्रेष्ठले हरियाली मोडेलको कृषि फार्मको परिकल्पना गरेका हुन् ।

कृषिको आधुनिकिकरण र व्यावसायीकरण गरी रोजगारी सिर्जना गर्ने, उत्पादन बढाउने र त्यसबाट कृषकहरुको आम्दानी बढाउने उद्देश्य राखिएको यस अवधारणलाई “हरियाली मोडेल” नाम दिइएको छ । 

हालसम्म कुनै निकायबाट अनुदान नलिएको यो म्याग्दी जिल्लामा हालसम्मकै ठूलो कृषि परियोजना हो । कृषकलाई अधिकतम उत्पादन हुँदा प्राप्त हुने बराबरको भाडा ६/६ महिनामा अग्रिम भुक्तानी दिने गरिएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.