अमेरिकाले टिकटक रोकिछाड्ने

अमेरिकाले टिकटक रोकिछाड्ने

वासिङट्न (सीएनएन): अमेरिकाले चर्चित एप टिकटकमाथि लगाउने भनेको प्रतिबन्धको समयलाई नसार्ने भएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ कम्पनी बाइटडान्सको उत्पादन टिकटकलाई प्रतिबन्ध लगाउने निर्धारित समय २० सेप्टेम्बरलाई पछाडि नसारिने बिहीबार बताएका छन्।

अमेरिकाको मिचिगन राज्यमा आयोजना भएको चुनावी प्रचारसम्बन्धी र्‍यालीलाई सम्बोधन गर्न जानु अगाडि उनले उक्त प्रतिक्रिया दिएका हुन्। उनले गत जुलाईमै अमेरिकाबाट टिकटकलाई प्रतिबन्ध लगाइने घोषणा गरेका थिए। उनले गत महिना एक कार्यकारी आदेशमा बाइटडान्सले अमेरिकाको राष्ट्रिय सुरक्षा बिगार्न सक्ने खतरा रहेको बारेमा विश्वसनीय प्रमाणहरू रहेको बताएका थिए।

टिकटकले ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेको थियो। टिकटक अमेरिका र अन्य पश्चिमा मुलुकमा पनि धेरै लोकप्रिय रहेको एप हो। यस वर्षको पहिलो त्रैमासिकमा ३१ करोड ५० लाख गुणा बढी डाउनलोड भएको एक विश्लेषक कम्पनी सेन्सर टावरले जनाएको छ। यति धेरै डाउनलोड भएको कुनै पनि एपको इतिहासमै पहिलो पटक हो। भारतमा पनि युवापुस्तामाझ लोकप्रिय रहेको टिकटकलाई त्यहाँको सरकारले केही समय अगाडि प्रतिबन्ध लगाएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.