देवचुली नगरपालिकामा कर्मचारीसहित ३४ जना संक्रमित
नवलपुर : पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा एकैदिन ३४ जनामा कोरोना संक्रमण देखिएको छ। शुक्रबार साँझ आएको रिपोर्टअनुसार संक्रमण हुनेमा नगरपालिकाकाका ६ कर्मचारीसमेत रहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठले जानकारी दिए।
जिल्लामा अहिलेसम्म संक्रमितको संख्या ६ सय ४२ पुगेको छ। जसमा संक्रिय संक्रमित २ सय २५ रहेको स्वास्थ्य कार्यालयका प्रमुख केशव चापागाईले जानकारी दिए। उनीहरु जिल्ला अस्पताल र सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसनमा छन्। जिल्लामा संक्रमणले ३ जनाको मृत्यु भएका छ।