जनशक्तिको अभावले भेन्टिलेटर पुगेको दुई महिनासम्म चलेन

जनशक्तिको अभावले भेन्टिलेटर पुगेको दुई महिनासम्म चलेन

बेंसीसहर : मनाङमा रहेको जिल्ला अस्पतालमा दुई महिनाअघि भेन्टिलेटर पुगे पनि चलाउने जनशक्ति भने अझै पुग्न सकेका छैनन्। जनशक्ति नहुँदा भेन्टिलेटर त्यत्तिकै थन्किएको छ। 

कोरोना भाइरस संक्रमण बढ्न थालेपछि दुई महिनाअघि मनाङमा भेन्टिलेटर पठाइएको थियो। आइसियुका लागि चाहिने सबै सामाग्री भए पनि जनशक्ति नहुँदा सञ्चालनमा आउन नसकेको अस्पतालका चिकित्सक डा. सन्तोष अधिकारीले बताए।

मनाङमा हाल चिकित्सकको रुपमा अधिकारी मात्र कार्यरत छन्। ‘मनाङमा अहिले डाक्टर मै मात्र छु’, उनले भने, ‘कम्तीमा दुईजना डाक्टर भए सहज हुन्थ्यो।' जनशक्ति अभावले सेवा प्रवाहमा समस्या आएको उनले बताए।

उनले दैनिक बिरामी र कोरोना संक्रमितलाई पनि हेर्ने काम गरेका छन्। भेन्टिलेटरको आवश्यकता त्यतिबेला पर्छ जब बिरामीको अवस्था गम्भीर हुन्छ। यसलाई नियन्त्रण गर्न लाइफ सपोर्ट सिस्टम वा भेन्टिलेटरको सहयोग लिने गरिन्छ। 

‘पछिल्लो समय कोरोनाका बिरामीलाई देखापरेको समस्या हेर्दा भेन्टिलेटर आवश्यक सामग्री हो। तर, भेन्टिलेटर मात्र पठाएर हुँदैन। त्यसलाई सञ्चालन गर्न दक्ष जनशक्तिको पनि आवश्यकता पर्छ’, अस्पतालका प्रमुख रहमत अन्सारीले बताए। अस्पतालमा भेन्टिलेटरसहित दुई बेडको आइसियू निर्माणका लागि सामान खरिद गरिएको छ। जनशक्ति अभाव भएकाले उक्त सेवा सञ्चालन गर्न नसकिएको अन्सारीले बताए। 

अस्पतालमा सबै गरी चारजना कर्मचारी छन्। सिनियर अहेब प्रमुख अन्सारी, डाक्टर सन्तोष अधिकारी, नर्स विना पौडेल र ल्याबमा करार कर्मचारी प्रकाश रोक्का रहेका छन्। दुईजना डाक्टरको दरबन्दी भए पनि मनाङ जिल्ला अस्पतालमा दरबन्दीका डाक्टर एकजना पनि छैनन्। डा. सन्तोष अधिकारी पनि करारका कर्मचारी हुन्। मनाङमा भएका दक्ष जनशक्ति एकजना डाक्टरलाई पनि स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सरुवा गरेर पोखरा तानेपछि सेवा प्रवाहमा समस्या भएको छ।

मनाङमा हालसम्म कोरोना संक्रमित संख्या ६ जना पुगेको छ। संक्रमितमध्ये चारजना निको भएका छन् भने दुईजना आइसोलेसनमा छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.