भक्तपुरमा कोरोनाले मर्नेको संख्या १३ पुग्यो

भक्तपुरमा कोरोनाले मर्नेको संख्या १३ पुग्यो

भक्तपुर : कोरोना भाइरस संक्रमणले भक्तपुरमा मर्नेको संख्या १३ पुगेको छ। शनिबार मध्यपुर थिमि नगरपालिका ५ का ६३ वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणकै कारण मृत्यु भएपछि भक्तपुरमा मर्नेको संख्या १३ पुगेको हो।

स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार ललितपुरको पाटन अस्पतालमा उपचाररत ती पुरुषको शनिबार बिहान मृत्यु भएको थियो। स्वास्थ्य कार्यालयकी जनस्वास्थ्य अधिकृत निष्ठा बल्लले पाटन अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गराइरहेका ती पुरुषको मृत्यु भएको बताइन्। सुरुमा निमोनिया भएर उनलाई उपचारको लागि मध्यपुर थिमि नपाले सञ्चालन गरेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा लगिएको थियो। शंका लागेर कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो।

कोरोना संक्रमण पुष्टि भएपछि उनलाई थप उपचारको लागि पाटन अस्पताल लगिएको अधिकृत बल्लले जानकारी दिइन्। यससँगै मध्यपुर थिमि नपाका मात्रै ७ जनाको कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएको छ। अधिकृत बल्लले मध्यपुर थिमि नपाका ४ पुरुष र ३ महिला गरी ७ जनाको कोरोना भाइरस संक्रमणकै कारण मृत्यु भएको जानकारी दिइन्। त्यस्तै सूर्यविनायक नपाका २ महिला र २ पुरुष गरी ४ जना र भक्तपुर नपाका २ पुरुषले कोरोना भाइरस संक्रमणकै कारण मृत्यु भएको उनको भनाइ छ।

संक्रमितको संख्या ८ सय ९४

भक्तपुरमा शुक्रबारसम्ममा कोरोना भाइरस संक्रमितहरुको संख्या आठसय ९४ पुगेको छ। जसमा ४ सय ९५ पुरुष र महिलाको संख्या ३ सय ९९ रहेको छ।
शुक्रबारसम्म २ सय १२ महिला र एकसय २७ पुरुष गरी ३ सय ४९ जनाले कोरोना भाइरस संक्रमणलाई जितेको अधिकृत बल्लले बताइन्। यो कूल संक्रमतिको ३९ प्रतिशत हो। समग्र नेपालमा कोरोना भाइरसलाई जित्नेको प्रतिशतभन्दा भक्तपुरको अत्यन्त न्यून रहेको छ।

भक्तपुरमा चार नपामध्ये सबैभन्दा बढी कोरोना भाइरस संक्रमित मध्यपुर थिमिमा रहेका छन्। यहाँ शुक्रबारसम्म संक्रमितहरुको संख्या ३ सय ५४ पुगेको छ। जसमा एकसय ९१ महिला र एकसय ६३ पुरुष रहेका छन्। स्वास्थ्य कार्यालयकी जनस्वास्थ्य अधिकृत बल्लका अनुसार मध्यपुर थिमिपछि भक्तपुर नपामा संक्रमितको संख्या बढेका छन्। यहाँ शुक्रबारसम्म एकसय १३ पुरुष र एकसय ११ महिलासहित २ सय २४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएका छन्।

सांसददेखि वडा अध्यक्षसम्म संक्रमित

भक्तपुर नपा २ निवासी भक्तपुर क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य प्रेम सुवाललाई समेत कोरोना भाइरस संक्रमण भएको छ। नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिवसमेत रहेका सांसद सुवाल अहिले होम आइसोलेसनमा रहेका छन्। उनी भक्तपुर नपाका पूर्वप्रमुख पनि हुन्। त्यस्तै भक्तपुर नपाका दुई वडा अध्यक्ष र दुई वडा सदस्यलाई समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। उनीहरुको संक्रमण उपचारको लागि आइसोलेसनमा रहेका छन्।

भक्तपुर नपाकै एक महिला वडा सदस्य भने कोरोना भाइरस संक्रमणलाई जितेर डिस्चार्ज भइसकेकी छन्। पछिल्लो समय भक्तपुर नपाका कोरोना भाइरस संक्रमण हुने दर बढेको छ। भक्तपुरले संक्रमितको संख्यामा सूर्यविनायक नपालाई उछिनेको हो। सूर्यविनायक नपामा भने एकसय १३ पुरुष र ८३ महिला गरी एकसय २७ र चाँगुनारायण नपामा ७८ पुरुष र ३३ महिला गरी एकसय ११ जना कोरोना भाइरस संक्रमित रहेका छन्।

१० जना सम्पर्कविहीन

अधिकृत बल्लका अनुसार भक्तपुर तोकिएर आएका १० जना संक्रमित अझै सम्पर्कमा आएका छैनन्। ‘कतिको सम्पर्क नम्बर गलत छ’, उनले भनिन्, ‘कसैले जति सम्पर्क गरेर पनि मोबाइल उठाउँदैनन्।’ कसैको पनि स्पष्ट ठेगाना नखुल्दा पनि सम्पर्कविहीन भएको उनले सुनाइन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.