फेसबुक ‘कमेन्ट’को नाममा झडप : स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार

फेसबुक ‘कमेन्ट’को नाममा झडप : स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार

जनकपुरधाम : सामाजिक सञ्जालमा पोष्ट भएको तस्बिरमा ‘कमेन्ट’ गरेकै नामा जनकपुरधाममा दुई समूहबीच झडप भएको छ। झडप नियन्त्रणका लागि प्रहरीले अश्रुग्यास प्रहार गर्नु परेको छ। 

जनकपुरधाम उप–महानगरपालिका २० देवपुरा रुपैठामा शनिबार झडप नियन्त्रणका लागि प्रहरीले सात राउण्ड अश्रुग्यास प्रहार गरेको हो। मुस्लिम समुदायको दाहा मोहर्रम पर्वको लागि बनाइएको दाहाको फोटोमा समाजिक सञ्जाल फेसबुकमा कमेन्ट गरेकै नाममा दुई पक्षबीच विवाद भएको हो। 

सामान्य विवादको विषयले उग्ररुप लिएपछि अश्रुग्यास प्रहार गर्नु परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए। पैठाकामा एक हिन्दु समुदायका युवाले मोहर्रमको बनाइने दाहाको फोटोलाई सामाजिक सञ्जालमा टिप्पणी गरेपछि युवाबीच विवाद भएको थियो। झडप उग्रह बन्दै गएपछि स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए।  

विवादको क्रममा दाहा मोहर्रमका लागि बनाइएको दाहामा आगो लगाइएपछि आक्रोशित समूहले एक किराना पसलमा समेत तोडफोड गरेका छन्। यद्यपि दाहामा आगो कसले वा किन लगाइएको त्यो विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। झडलाई नियन्त्रणमा लिनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी सहित ६० जनाको टोली खटाइएको छ।   


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.