उत्तर कोरियाको सिमानामा कडाइ : चीनबाट छिर्नेलाई गोली हान्‍न आदेश

उत्तर कोरियाको सिमानामा कडाइ : चीनबाट छिर्नेलाई गोली हान्‍न आदेश

सोल : एक पछि अर्को विपद झेल्न बाध्य भएको उत्तर कोरियाले कोरोनाभाइरस संक्रमण रोकथामका लागि भने थप कडाइ गरेको छ ।

चीनसँगको सीमाक्षेत्रमा उत्तरले थप कडाइ गरेको हो । दक्षिण कोरियास्थित अमेरिकी सैन्य कमाण्डरका अनुसार उत्तरले चिनियाँ भूमिबाट छिर्नखोज्ने मानिसहरुलाई नसोधिकन गोली हान्‍नेसम्मको आदेश सुरक्षाकर्मीलाई दिएको छ । यस अनुसार उत्तरका अधिकारीले आफ्नो देशको एक किलोमिटर भूमिसम्म छिर्नेहरुलाई नसोधी गोली हान्न पाउनेछन् ।

चीनबाट कोरोना संक्रमित सीमाभित्र छिर्नसक्ने भएकाले उत्तरका अधिकारीहरुले यस्तो कडाइ अपनाएका हुन् । सबैभन्दा नजिकको सहयोगी चीन नै भए पनि उत्तरले कोरोनाभाइरस विरुद्ध कडा नीति लिएको छ । यद्यपि उत्तरमा हालसम्म पनि कोरोना संक्रमित नभएको दावी गरिएको छ । संकटकाल घोषणा गर्नुका साथै उत्तरले महामारी विरुद्ध उच्च सतर्कता अपनाएको बताइन्छ ।

यससँगै उत्तरमा आयातको समस्या देखिन थालेको छ । चीनबाट मात्रै ढुवानी गर्दैआएको उत्तरले सिमानामा कडाइ गरेपछि यसको असर नियमित ढुवानीमा पनि देखिँदैछ । सोही कारण चीनबाट ढुवानी हुने सामाग्री ८५ प्रतिशतले कम भएको बताइएको छ । उत्तरमा एक साताअघि आँधीको असरले ठूलो जनधनको क्षति भयो । हजाराौँ घर भत्किनुका साथै धेरै मानिस विस्थापित हुनुपरेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.