धारिलो हतियार प्रहार गरी आत्महत्या
उदयपुर : उदयपुरका एक युवाले आफ्नै छातिमा धारिलो हतियार प्रयोग गरी आत्महत्या गरेका छन्। शुक्रबार राती आफ्नै घरमा बसिरहेका रौतामाई गाउँपालिका ५ आँपटारका २१ बर्षिय मणिकुमार राईले छातिमा घाँस काटने कचिया प्रहार गरी आत्महत्या गरेका हुन्।
घटनाको कारण नखुले पनि पारिवारले बताए अनुसार उनी सामान्य मानसिक विरामी रहेको जिल्ला प्रहरी कार्यालयका एसपी भिमबहादुर दाहालले बताए। कचियाले छातिमा रोपेर भुईमा ढलेको देखेपछि परिवारका सदस्यले कचिया निकालका थिए।
कचिया निकाले लगत्तै उपचारका लागि सदरमुकाम लैजाने तयार गर्दा उनको मृत्यु भएको एसपी दाहालले बताए। उनको शव पोष्टमार्टका लागि सदरमुकाम ल्याउने तयारी भईरहेको उनले बताए।