१० वर्षसम्म पनि बनेन खुलालु पुल, कर्णाली प्रदेशका मुख्यमन्त्रीद्धारा स्थलगत अनुगमन

१० वर्षसम्म पनि बनेन खुलालु पुल, कर्णाली प्रदेशका मुख्यमन्त्रीद्धारा स्थलगत अनुगमन

कालिकोट : तीन वर्षभित्र सक्ने गरी निर्माण थालिएको कर्णाली करिडोर जोड्ने खुलालु पुल दश वर्ष बित्न लाग्दा पनि बनेको छैन। निर्माण कम्पनी, सडक डिभिजन कार्यालयको चरम लापरवाही र यहाँको राजनीतिक नेतृत्वको उदासिन्ताका कारण कर्णाली राजकार्गको सुर्खेत जुम्ला सडकखण्ड र कर्णाली करिडोर जोड्ने खुलालु पुल दश बर्षसम्म निर्माण कार्य अलपत्र परेको हो।

झण्डै १२ करोड लागतको उक्त पुल निर्माण गर्ने जिम्मा लिएको कन्काई नेपाल प्रगति जेभीले लिएको थियो। उक्त कम्पनीले २०६७ सालमा ठेक्का लिएकोमा तीन बर्षभित्र काम सम्पन्न गर्ने समय दिएको थियो। तर ठेक्का सम्झौता भएको १० वर्ष बित्न लाग्दा पुलको मुख्य पिलर हाल्ने कार्यमै सीमित छ। पुल निर्माणमा चरम लापरवाही हुँदासमेत नियामक निकायले पनि कडाईका साथ काम गराउन नसकेको र रातनीतिक नेतृत्वबाट दबाब नभएको भन्दै कालिकोटवासीहरु आक्रोशित छन्।

कालिकोट जिल्लाको नरहरीनाथ गाँउपालिका वडा नं. ९ स्थित खुलालु पुल निर्माण सुरु भएको ८ बर्षसम्म निर्माण व्यवसायी बेखबर थिए। निर्माण कम्पनी नै कालो सूचीमा पर्ने भएपछि गत आर्थिक बर्षमा सम्पर्कमा आएर काम सुरु गरेर करीब ५० प्रतिशत काम गरेका छन्। सुरुवातमा कन्काई जेभीबाट  निर्माणको जिम्मा लिएको नेपाल प्रगति निर्माण सेवाले लाप्रबाही गरेर भागेपछि पुल निर्माण ढिलाई भएको मुख्य निर्माण व्यवसायीका प्रतिनिधि उमेश मैनालीले बताए। कन्काई र नेपाल प्रगति जेभीको सयुक्त ठेक्का भएकाले मुख्य फर्म कन्काई निर्माण सेवासमेत कालोे सुचीमा पर्ने भएपछि उक्त पुलको निर्माण काम कन्काई जेभीले गत आवबाट सुरुवात गरेको हो। सडक डिभिन कार्यालय जुम्लाले अन्तिम पटक चालु आर्थिक बर्षको जेठ महिनासम्म पुल निर्माणका लागि म्याद थप गरेको छ।

१० वर्षदेखी निर्माणाधिन अवस्थामा रहेको खुलालु पुलको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुक्रबार बेलुका स्थलगत अनुगमन गरे। उनले पुल निर्माणको प्रगतिका बारेमा जानकारी लिए। पुल निर्माणको काम म्याद थप भएको मितिभित्रै सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिए। मुख्यमन्त्रीका प्रमूख स्वकिय सचिव खेमबहादुर सिंहले भने, ‘मुख्यमन्त्रीले खुलालु पुल निर्माणको काम तोकिएकै मितिभित्रै सम्पन्न गर्न स्पस्ट निर्देशन दिनुभएको छ। समयमै खुलालु पुल निर्माण नहुँदा यहाँको सामाजिक, आर्थिक तथा समग्र विकास निर्माणको काम पनि प्रभावित भएको छ।’ कन्काई जेभीका प्रतिनिधि दिपक मैनालीले चालु आर्थिक बर्षको मसान्तसम्म पुल निर्माण कार्य पुरा गर्ने बताए।  उनले भने, ‘पुलको पिल्लर हाल्ने काम सकिएको छ। बेलिबृज भएकाले असोजमा स्टिल ढुवानी गरेर कात्तिकबाट जोड्न सुरु गर्ने तयारी छ। आउने असार महिनामा पुलमा गाडी गुडाउन सकिन्छ।’ अहिलेसम्म पुलको काम जम्मा ५० प्रतिशत काम सकिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.