सुरीखोला हाइड्रोपावरमा क्रेनबाट खसेर एक मजदुरको मृत्यु

सुरीखोला हाइड्रोपावरमा क्रेनबाट खसेर एक मजदुरको मृत्यु

दोलखा : सुरीखोला हाइड्रोपावर लिमिटेड व्यवस्थापनको लापरबाहीले एक मजदुरको मृत्यु भएको छ। 

हाइड्रोपावर व्यवस्थापनले मजदुर सुरक्षाका न्युनतम शर्त लागू नगरी काम लगाउँदा दोलखाको गौरीशंकर गाउँपालिका–५, गुरुम्फीस्थित सुरीखोला हाइड्रोपावरमा कार्यरत एक मजदुरको मृत्यु भएको हो।

गुरुम्फीस्थित सतही विद्युत्गृहमा हाइड्रोमेकानिकल मेसिन जडान गर्नका लागि क्रेनको बकेटमा चढेर काम गर्दै गर्दा ८ मिलिमिटरको फलामे तार चुडिएर खस्दा काभ्रेका महेश केसीको मृत्यु भएको हो। 

पनौती नगरपालिका–६ का केसी फलामे तार चुडिएर करिब ३५ फिट तल खसेको दोलखाका प्रहरी प्रवक्ता निरीक्षक रेशम बोहोराले जानकारी दिए। 

हाइड्रोपावरमा मजदुरको सुरक्षाको लागि काममा पठाउनु पूर्व मेसिनको अवस्थाको बारेमा पूर्व जाँच गर्नु पर्ने तर त्यसो नगरेको कारण ति मजदुरको मृत्यु भएको प्रारम्भिक अनुसन्धानले देखाएको सिंगटी प्रहरीको भनाइ छ।
    
क्रेनमा प्रयोग गरिने फलामे तार कम्तिमा ८ मिलिमिटरको हुने भए पनि हत्तपत्त नचुँडिने तार सुरक्षा जाँच नगरी लापरवाही गर्दा मजदुरको ज्यान गएको अनुमान गरिएको छ। 

बकेटसहित ढलानमा खसेर टाउको तथा शरिरको विभिन्न भागमा चोट लागेर घटनास्थलमै मृत्यु भएका केसीको टाउकोमा हेल्मेट नलाइएको बताइएको छ। सुरीखोला हाइड्रोपावर साढे ६ मेगावाट क्षमताको हो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.