उत्तर कोरियामा व्यवस्थाको आलोचना गर्ने पाँच अधिकारीलाई फासी दिइयो

उत्तर कोरियामा व्यवस्थाको आलोचना गर्ने पाँच अधिकारीलाई फासी दिइयो

सोल : दक्षिण कोरियाली मिडियाको दावी अनुसार उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले आफ्ना पाँच जना अफिसरलाई फासीको सजाय दिएका छन् ।

देशको अर्थव्यवस्थाबारे सवाल उठाएकै कारण नेता किमले उनीहरुलाई फासी दिएको दिक्षण कोरियाली मिडिया डेली एनकेले जनाएको छ । मिडिया रिपोर्टका आधारमा ती अफिसरले गत जुलाईमा डीनर पार्टीको क्रममा देशको अर्थव्यवस्था र किमको शासन व्यवस्थामाथि टिप्पणी गरेका थिए ।

यस्तै उनीहरुले शासकलाई व्यवस्था सुधार गर्न सुझाव समेत दिएको बताइन्छ । तर ती अफिसरहरुले टिप्पणी गरेको बारे अरु अधिकारीहरुले नेता किमलाई जानकारी दिएका थिए । सोही घटनापछि किमले उनीहरुलाई माफी माग्न लगाएका थिए । साथै उनीहरुले देशको शासन व्यवस्था कमजोर बनाउन भूमिका खेलेको स्वीकार गरेका थिए । त्यसपछि नै जुलाईको अन्त्यमा उनीहरुलाई फासी दिइएको हो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.