कोरोना संक्रमणमुक्त भएका भारतीय गृहमन्त्री अमित शाह पुनः अस्पताल भर्ना

कोरोना संक्रमणमुक्त भएका भारतीय गृहमन्त्री अमित शाह पुनः अस्पताल भर्ना

नयाँ दिल्ली : कोरोना संक्रमणमुक्त भएका भारतीय गृहमन्त्री अमित शाहलाई पुनः अस्पताल भर्ना गरिएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार शाहलाई करिब दुई हप्तापछि पुनः गए राती दिल्लीस्थित एम्स अस्पताल भर्ना गरिएको हो।

गृहमन्त्री शाहले अगस्ट १४ मा कोरोना संक्रमण भएकाले आफू केही दिन घरमै आइसोलेसनमा रहने ट्वीटर मार्फत् बताएका थिए। तर अगस्ट १८ मा स्वास्थ्यमा समस्या आएपछि उनी एम्स अस्पताल भर्ना भएका थिए। 

अस्पताल भर्ना भएको १३ दिनपछि उनी अगस्ट ३१ मा डिस्चार्ज भएका थिए। अस्पतालले अगस्ट ३० मा उनी निको भएकाले उनलाई डिस्चार्ज गरिएको बताएको थियो।

गत डिसेम्बरदेखि फैलिएको कोरोनाबाट हालसम्म भारतमा ४६ लाख ५९ हजार ९८४ संक्रमित भइसकेका छन्। जसमध्ये ३६ लाख २४ हजार १९६ निको भएका छन् भने ७७ हजार ४७२ को ज्यान गएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक रहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.