विश्वभर १ करोड ९३ लाख ५० हजार बढी कोरोना संक्रमित निको, ७२ लाख ८ हजार बराबर सक्रिय संक्रमित

विश्वभर १ करोड ९३ लाख ५० हजार बढी कोरोना संक्रमित निको, ७२ लाख ८ हजार बराबर सक्रिय संक्रमित

न्यूयोर्क : महामारी कोरोना भाइरसबाट विश्वभर १ करोड ९३ लाख ५० हजार बढी संक्रमित निको भएका छन्। त्यस्तै ७२ लाख ७ हजार ६४१ सक्रिय संक्रमित रहेको वल्र्डूमिटरले उल्लेख गरेको छ।

गत डिसेम्बरबाट फैलिएको भाइरस संक्रमणका कारण हालसम्म ९ लाख १९ हजार ९४ ले ज्यान गुमाइसकेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक रहेको छ। जसमध्ये अमेरिकामा सबभन्दा धेरै १ लाख ९३ हजार ६९३ को ज्यान गएको छ। 

सबभन्दा बढी आक्रान्त भएको अमेरिकामा हालसम्म ६४ लाख ८५ हजार २१४ संक्रमित भइसकेका छन्। जसमध्ये २४ लाख ३४ हजार ६५८ निको भएका छन्। 

पछिल्लो समय तीव्र रूपमा संक्रमण फैलिएको भारतमा शनिबार ९४ लाख ४०९ थप संक्रमित भेटिएका छन्। यससँगै संक्रमित हुनेको संख्या ४६ लाख ५९ हजार ९८४ पुगेको छ। जसमध्ये ३७ लाख २ हजार ५९५ निको भइसकेका छन् भने ७८ हजार ५८६ ले ज्यान गुमाएका छन्।

सबभन्दा बढी संक्रमित भएका पाँच मुलुक
अमेरिका
संक्रमित: ६४,८५,२१४, निको: २४,३४,६५८, मृत्यु: १,९३,६९३

भारत
संक्रमित: ४६,५९,९८४, निको: ३७,०२,५९५, मृत्यु: ७८,५८६

ब्राजिल
संक्रमित: ४३,१५,६८७, निको: ३७,२३,२०६, मृत्यु: १,३१,२१०

रुस
संक्रमित: १०,५३,६६३, निको: ८,७१,०००, मृत्यु: १८,४२६

पेरु
संक्रमित: ७,१६,६७०, निको: ५,५९,३२१, मृत्यु: ३०,४७०


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.