बैतडीमा भेटिए दादुरा-रुबेलाका बिरामी

बैतडीमा भेटिए दादुरा-रुबेलाका बिरामी

बैतडी : बैतडीमा दादुरा र रुबेलाका बिरामी फेला परेका छन् । यसै महिना बैतडीको पाटनमा दुईजना र दशरथचन्द नगरपालिकाका एकजनामा दादुरा रुबेलाको संक्रमण देखिएको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले जानकारी दिए ।

दशरथचन्द नगरपालिका २ का २ वर्षीय बालकमा रुबेलाको संक्रमण देखिएको छ भने पाटन नगरपालिका ४ का ४ वर्षीय बालक र पाटन नगरपालिका ६ की १८ वर्षीया किशोरीमा दादुरा देखिएको उनले बताए  । दादुरा रुबेला देखिएका दुवै ठाउँमा स्वास्थ्यकर्मीहरुले उच्च सतर्कता साथ उपचार गरिरहेको खोप सुपरभाइजर निरीक्षक भट्टले जानकारी दिए ।

दादुरा रुबेला देखिएका ठाउँमा स्वास्थ्यकर्मीहरुले अध्ययन गरिरहेका उनले बताए । दादुरा रुबेलाको संक्रमण देखिएका तीनैजनाले यसअघि खोप भने लगाएको पाइएको छ । खोप लगाएर पनि दादुरा रुबेला संक्रमण देखिएकाले यसको विषयमा अध्ययन भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए ।

दादुरा भएमा शरीरमा बिमिरा आउने, उच्च ज्वरो आउने, नाकबाट सिगान बग्ने, खोकी लाग्ने लगायतका लक्षण देखा पर्ने गरेका छन् । बालबालिकालाई दादुरा रुबेला रोगबाट बचाउन लागि बच्चा जन्मेको ९ महिनामा पहिलो पटक र १५ महिनामा दोश्रो पटक दादुरा रुबेला खोप लगाउने गरिन्छ । अहिले जिल्लामा ३ जनामा मात्रै दादुरा रुबेलाको संक्रमण देखिएकाले आत्ति हाल्नुपर्ने अवस्था नआएको तर सतर्क रहनुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.