स्थगित अक्स्फोर्ड खोपको परीक्षण सुचारु हुने
लन्डन : अक्स्फोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरिरहेको कोरोना खोपको स्थगित परीक्षण सुचारु हुने भएको छ। परीक्षणमा सहभागी भएका व्यक्तिमा समस्या देखिएपछि मंगलबार परीक्षण रोकिएको थियो।
परीक्षण रोकिएपछि स्वतन्त्र सुरक्षा समीक्षा समिति र बेलायतको नियामक निकायले सिफारिस गरेपछि खोपको परीक्षण सुचारु हुन लागेको विश्वविद्यालयले शनिबार जानकारी दिएको छ।
मंगलबार एस्ट्राजेनेकाले खोपमा केही समस्या भए÷नभएको बारे अनुसन्धान गर्न परीक्षण स्थगित भएको बताएको थियो।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार हालसम्म विश्वभर १८० बराबर कोरोना खोपको परीक्षण भइरहेका छन्। जसमध्ये एक दर्जन बराबर खोपको परीक्षण सकारात्मक देखिएको छ।