कम्युनिस्ट पार्टीका नेतासहित पाँच जनाविरुद्ध दिल्लीमा दंगा भड्काएको अभियोग

कम्युनिस्ट पार्टीका नेतासहित पाँच जनाविरुद्ध दिल्लीमा दंगा भड्काएको अभियोग

नयाँदिल्ली : भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी)का महासचिव सीताराम येचुरी, अर्थशास्त्री जयती घोष, दिल्ली विश्वविद्यालयका प्रध्यापक अपूर्वानन्द, फिल्म निर्माता राहुल राय र स्वराज अभियानका नेता योगेन्द्र यादवमाथि दंगा भड्काएको भन्दै अदालतले दोषी ठहर गरिएको छ ।

२०२०  को फेब्रुअरी २३ देखि २६ सम्म भएको दिल्ली दंगामा सघाएको भन्दै उनीहरु पाँच जनालाई अदालतले दोषी ठहर गरेको छ । नेताहरुले भने भारतको संविधानले शान्तिपूर्ण प्रदर्शन गर्ने हक दिएको भन्दै सरकारको आलोचना गरेका छन् । महासचिव येचुरीले दिल्ली प्रहरीको कडा आलोचना गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले भाजपा सरकारको पनि कडा आलोचना गरे ।

यस्तै स्वराज अभियानका नेता योगेन्द्र यादव लगायत नेताहरुले आफूमाथिको अभियोग सरासर गलत भएको भन्दै विरोध जनाए । यस्तै भारतको सर्वोच्च अदालतका वकिल प्रशान्त भूषणले दंगा फैलाएको आरोपमा उनीहरुलाई पक्राउ गर्नु हास्यास्पद भएको प्रतिक्रिया दिएका छन् ।

‘यसले दिल्ली दंगामा दिल्ली पुलिसको द्वेषपूर्ण स्वभावलाई प्रमाणित गर्दछ। सीताराम येचुरी, योगेन्द्र यादव, जयती घोष र प्राध्यापक अपूर्वानन्दलाई दंगा फैलाउने आरोप लगाउनु हास्यास्पद हो,’ प्रशान्तले सामाजिक सञ्जालमा लेखेका छन् ।

सन् २०२० फेब्रुअरी २३ देखि २६ सम्म दिल्लीमा भएको प्रदर्शनको क्रममा ५३ जनाको मृत्यु भएको थियो । प्रहरीको रिपोर्ट अनुसार मृत्यु भएकामध्ये ४० जना मुस्लिम र १३ हिन्दू थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.