बेलायतमा कोरोना खोप परीक्षणको काम फेरि सुरु भयो

बेलायतमा कोरोना खोप परीक्षणको काम फेरि सुरु भयो

लण्डन : अक्सफोर्ड विश्‍वविद्यालय र अस्ट्राजेनिका औषधि कम्पनीको साझेदारीमा तयार हुँदै गरेको कोभिड १९ विरुद्धको खोपको परीक्षण फेरि सुरु भएको छ । अन्तिम चरणमा पुगेको भनिएको उक्त खोप परीक्षण प्रक्रिया परीक्षणमा सहभागी बिरामी परेपछि स्थगित भएको थियो ।

साथै अन्य स्थानमा भएका खोप विकासका काम पनि यससँगै केही दिनयता रोकिएका थिए । अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनिका कम्पनी मिलेर तयार पार्न लागेको कोभिड १९ विरुद्धको खोपको काम विश्वमा भएका अन्य प्रयास भन्दा अगाडि रहेको बताइन्छ ।

साथै अस्ट्राजेनिकाले खोप परीक्षणमा सहभागी व्यक्तिमा देखिएको स्वास्थ्य समस्याबारे अध्ययन गर्न एक स्वतन्त्र समितिले काम गरिरहेको पनि बताइएको छ । कम्पनीले ती व्यक्तिको पहिचान भने खुलाएको छैन । अक्सफोर्डका अनुसार स्वतन्त्र समीक्षा टोली र नियामक निकायबाट स्वतन्त्र छानविनपछि खोप परीक्षण सुरु गरिएको हो ।

संयुक्तराज्य अमेरिकामा अस्ट्राजेनिकाले ३० हजार व्यक्तिलाई परीक्षणमा सहभागी गराएको छ । बेलायतसहित ब्राजिल, दक्षिण अफ्रिका र अमेरिका लगायत देशमा खोप परीक्षणको काम भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.