‘पार्टीमा बोलाएर लागूऔषध दिन्छन्’

‘पार्टीमा बोलाएर लागूऔषध दिन्छन्’

मुम्बई : बलिउड अभिनेत्री तथा चर्चित मोडल सर्लिन चोपडा सोसल मिडियामा निकै सक्रिय रहन्छिन्। उनी प्रायः आफ्ना स्पष्ट भनाइका कारण चर्चामा रहन्छिन्। हालै इन्स्टाग्राममा पोस्ट गरेको एउटा भिडियोका कारण उनी अहिले चर्चाको शिखरमा छिन्। भिडियोमा योग मुद्रामा बसेकी उनी सबैलाई लागूऔषधबाट टाढै रहने सन्देश दिइरहेकी छन्।

सर्लिनले भिडियोमा फिल्म उद्योगका पार्टीमा लागूऔषधको खुलेआम प्रयोग हुने गरेको दाबी गरेकी छन्। उनले क्याप्सन लेखेकी छन्, ‘म चेन स्मोकर थिएँ। २०१६ को अक्टोबरमा धूमपान छोडें। मदिरा सेवन गर्थें तर मार्चमा लकडाउन भएपछि यो पनि छोडें। लागूऔषधबाट भने म सधैं टाढा नै बसें। उद्योगका महारथि पार्टीमा बोलाएर ट्रेमा लागूऔषध अफर गर्छन्। तर यो लिनु हुन्न है।’

अहिले सर्लिनको यो भिडियो सोसल मिडियामा आगोसरी फैलिएको छ। उनको यो दाबीपछि बलिउडका हस्ती तर्सिएका छन्। केही समयअघि उनले एक अन्तर्वार्तामा आफू यस्ता पार्टीमा नजाने गरेको पनि बताएकी थिइन्।

सर्लिनले इन्स्टाग्राममा कंगनाको एक तस्बिर पोस्ट गर्दै उनको समर्थन गरेकी छन्। यसको साथमा उनले क्याप्सन लेखेकी छन्, ‘उनी उठ्ने छिन्... मजबुत भएर उठ्नेछिन् र, बिजली झैं दौडने छिन्।’

यसअघि उनले सुशान्तको मुद्दा सीबीआईलाई दिने विषयमा खुसी व्यक्त गरेकी थिइन्। उनले एक ट्विटमा लेखेकी छन्, ‘पूरा देश छिट्टै यो मुद्दा छिनोफानो भएको हेर्न चहान्छ।’ सर्लिनले हालै फिल्ममेकर रामगोपाल बर्मामाथि अश्लील म्यासेज पठाएको आरोप पनि लगाएकी थिइन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.