बैतडीमा एकजना मात्रै कोरोना संक्रमित

बैतडीमा एकजना मात्रै कोरोना संक्रमित

बैतडी : बैतडीमा कोरोनाका सक्रिय संक्रमित घट्दै गएका छन् । अहिले जिल्लामा कोरोनाका एकजना मात्रै सक्रिय संक्रमित छन् । जिल्लाको पाटन नगरपालिकामा मात्रै एकजना बिरामी रहेको स्वास्थ्य कार्यालय बैतडीका कोभिड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए । जिल्लाका ३७५ जना कोरोना संक्रमतिमध्ये एकजना मात्रै सक्रिय संक्रमित रहेको उनले बताए । ३७४ जना डिस्चार्ज भइसकेका उनले बताए ।

तत्कालका लागि ९ वटा स्थानीय तहमा कोरोना सक्रिय संक्रमित शून्य रहेको जोशीले जानकारी दिए । जिल्लाको पाटन नगरपालिका बाहेकका सबै स्थानीय तह तत्कालका लागि कोरोनामुक्त भएका छन् । 

जिल्लाको दशरथचन्द नगरपालिकामा ४६, पाटन नगरपालिकामा ४४, मेलौली नगरपालिकामा ३३ र पुर्चौंडी नगरपालिकामा १० जनामा कोरोना पुष्टि भएको थियो । यस्तै पञ्चेश्वर गाउँपालिकामा ६०, सुर्नया गाउँपालिकामा २८, दोगडाकेदार गाउँपालिकामा ४५, डिलाशैनी गाउँपालिकामा ८, सिगास गाउँपालिकामा ५१ र शिवनाथ गाउँपालिकामा ५० जनामा कोरोना पुष्टि भएको थियो । 

पाटन नगरपालिकाका १ जना बाहेक सबै संक्रमणमुक्त भए घर फर्किसकेका छन् । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.