साउदीबाट उडे ९ हजार अलपत्र नेपाली

साउदीबाट उडे ९ हजार अलपत्र नेपाली

बिष्णु घिमिरे/ साउदी अरेबिया : साउदी अरेबियामा कोरोना भाइरस तथा विभिन्न कारणले अलपत्र परेका नेपाली चार्टर उडानबाट हालसम्म ९ हजार ४७ जना स्वदेश फिर्ता भएका छन्। यो अवधिमा ९० शव समेत पठाइएको छ।

साउदीमा कोरोना भाइरसको असरबाट साना तथा मझौला कम्पनी बन्द हुँदै गएपछि कतिपय नेपालीले रोजगारी नै गुमाएका छन् भने कम्पनीबाट पाउने सेवा सुविधाबाट समेत बञ्चित हुने समस्या देखिएको छ।  जसले गर्दा स्वदेश फिर्ताका लागि समेत नेपालीलाई सकस भएको छ।

साउदी अरेबियाबाट स्वदेश फिर्ता हुने नेपालीको संख्या ३० हजार भन्दा बढी रहेको छ । साउदीका लागि नेपाल सरकारले निर्धारण गरेको नेपाल एयरलाइन्स र हिमाल एयरलाइन्सको चार्टर उडान संख्या कमि भएको देखिन्छ। जसका कारण अलपत्र परेका नेपाली स्वदेश फिर्ता हुन नसकेको  अवस्था छ  ।

साउदीमा लामो समयदेखि स्वदेश फिर्ताका लागि तयार रहेका नेपालीले समयमा स्वदेश फिर्ता हुने वातावरण तय नगरेको भन्दै हजारौं नेपालीले दुतावास र नेपाल सरकारविरुद्ध नाराबाजी समेत गरेका छन्। 

साउदीमा रहेका एनआरएनलगायतअन्तरगत संस्था समन्वय समिति साउदी अरेबिया, कास्की समाज साउदी अरेबियाले कोरोनाको महामारी अवस्थामा आफ्नो रोजगारी गुमाएको पीडासँगै स्वदेश फिर्ताका लागि स्वयं जिम्मेवारी हुने गरी तोकिएको चर्को हवाइ भाडा शुल्क, होटेल क्वारेन्टाइनको शुल्क , हवाई टिकटको व्यवस्था, पीसीआर टेस्टिङ,र विविध झनझटिलो प्रक्रिया समेत श्रमिकले नै व्यवस्थापन गरी स्वदेश फिर्ताका लागि तयारी अवस्थामा रहँदा पनि नेपाली सरकारले सोचेजस्तो सहयोग नगरेको बताएका छन्। 

नेपाल सरकारद्वारा नेपाली श्रमिकमाथि अन्याय गरेको महसुस भएको उल्लेख गर्दै स्वदेश फिर्ताका लागि पर्खिरहेका नेपाली श्रमिकलाई सहजरूपमा हवाइ टिकट उपलब्ध गराइ नियमित उडानको व्यवस्था मिलाउन सम्बन्धित निकाय र सरोकारवालालाई ध्यानकार्षणका लागि नेपाली राजदूता वासरियादलाई अनुरोध समेत गरेका छन्।

साउदी अरेवियाले कोरोना भाइरसको मध्यनजर गदै लगाएको अन्तराष्ट्रिय उडानलगायत विभिन्न तीबन्धहरू कोरोना भाइरससम्बन्धी समाधानका उपाय र प्रोटोकलअनुसार यहि आउँदो १ जनावरी २०२१ बाट हटाउने घोषणा गरेको छ ।

साउदी प्रेस एजेन्सी एस पी एका अनुसार साउदी अरेबियाको इकामा र भ्यालिड भीषा भएका खाडी मुलुकहरू (जी सि सी) का नागरिक र तीनका परिवारजन भने १५ सेप्टेम्बरबाट  नै आवतजावत गर्न पाउने उल्लेख  गरिएको छ भने विश्वलाई नै संकटमा पारेको यस भाइरसले गर्दा साउदी सरकारले १५  मार्चदेखि अन्तराष्ट्रिय उडान बन्द गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.