'चार दिन वितिसक्दा पनि आक्रमणकारी पक्राउ नपर्नु दु:खद'

'चार दिन वितिसक्दा पनि आक्रमणकारी पक्राउ नपर्नु दु:खद'

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सञ्चार गृह र पत्रकारमाथि आक्रमण गर्ने व्यक्तिलाई कारबाही हुनुपर्ने बताएका छन् । सोमबार नेपाल पत्रकार महासंघ कैलालीको ध्यानाकर्षण पत्र बुझ्दै उनले संचारगृह र पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाहीका लागि प्रदेश सरकारले पनि पहलकदमी चाल्दै आएको बताए । 'धनगढीस्थित दिनेश एफएमको समाचार कक्षमा छिरेर पत्रकार कुटिन् दु:खद हो, 'उनले भने, 'कानुनभन्दा माथि कोही छैनन् । अपराधीलाई कानुनले तोके वमोजिम कार्यवाही हुनुपर्दछ ।'

उनले घट्ना भएको चार दिन वितिसक्दा पनि आक्रमणकारी पक्राउ पर्न नसक्नु दु:खद भएको बताए । नेपाल पत्रकार महासंघ कैलालीको अगुवाइमा आन्दोलनरत कैलालीका पत्रकारले सोमबार बिहान आक्रमण गर्ने व्यक्तिलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय कैलाली अगाडि एकघण्टा धर्ना दिएका थिए।

पीडितपक्षले कुटपिट गर्नेमाथि कारबाहीको माग गर्दै किटानी जाहेरी दिएपनि प्रहरीले संलग्नलाई पक्राउ नगरेको भन्दै आइतबारदेखि नेपाल पत्रकार महासंघ कैलालीको अगुवाइमा चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेअनुसार सोमबार बिहान प्रशासन कार्यालय अगाडि धर्ना र सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ध्यानाकर्षण कार्यक्रम आयोजना गरिएको अध्यक्ष जगत साउँदले बताए । 

तेस्रो दिन भोली (मंगलबार) सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय अगाडि धर्ना दिने कार्यक्रम तय भएको उनको भनाइ छ । समाचारको विषयलाई लिएर गएको शुक्रबार दिनेश एफएमको समाचार कक्षमा छिरेर एक समुहले पत्रकार जनक विष्ट माथि हातपात गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.