जेएनयूका विद्यार्थी नेता उमर खलिद पक्राउ

जेएनयूका विद्यार्थी नेता उमर खलिद पक्राउ

नयाँदिल्ली : जेएनयूका पूर्वविध्यार्थी नेता उमर खलिदलाई साम्प्रदायिक हिंसा मच्चाउन भूमिका रहेको भन्दै प्रहरीले पक्राउ गरेको छ ।

गत फेब्रुअरीमा नागरिकता विधेयकको विरोधमा आन्दोलनमा सहभागी भएका खलिद आइतबार साँझ पक्राउ परेका हुन् । खलिद सहित अरु थुप्रै नेता तथा अगुवा संलग्न उक्त आन्दोलन हिंसात्मक प्रदर्शनमा परिणत भएको थियो । उत्तरपूर्वी दिल्लीस्थित गत फेब्रुअरीमा भएको त्यस आन्दोलनका अरु राजनीतिज्ञलाई पनि दिल्ली पुलिसले पक्राउ गरिसकेको छ ।

खलिदलाई आन्दोलनको एक ‘षड्यन्त्रकारी’ भएको र हिंसामा सहभागी भएको भन्दै व्याख्या गरिएको छ । भारतीय मिडियाका अनुसार उनीविरुद्ध प्रहरीले केही दिनमै मुद्दा दायर गर्नसक्छ ।

भारतीय कम्युनिस्ट पार्टीका महासचिव सीताराम यचुरी, जयती घोष, दिल्ली युनिभर्सिटीका प्राध्यापक अपूर्वानन्द, स्वराज अभियानका नेता योगेन्द्र यादव र फिल्म मेकर राहूल रोयलाई पक्राउ गरेको केही दिनको अन्तरमै दिल्ली प्रहरीले विद्यार्थी नेता उमर खदिललाई पक्राउ गरेको हो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.