बैतडीमा कोरोना सक्रिय संक्रमित शुन्य

बैतडीमा कोरोना सक्रिय संक्रमित शुन्य

बैतडी : बैतडी तत्कालका लागि कोरोनाको सक्रिय संक्रमित शुन्य जिल्ला भएको छ। जिल्लाका विभिन्न स्थानीय तहका ३७५ जनामा संक्रमण पुष्टि भएको र सबै डिस्चार्ज भइसकेकाले तत्कालका लागि सक्रिय संक्रमित शुन्य रहेको जिल्ला भन्न सकिने स्वास्थ्य कार्यालयका कोभीड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए।

पाटन नगरपालिकाका १ जना संक्रमित पनि आज डिस्चार्ज भएसंगै जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या शुन्य भएको हो। गत जेठ ९ गते पहिलो पटक जिल्लामा एकजना थुनुवामा कोरोना पुष्टि भएको थियो। ३७५ जना नेपाल सरकारको मापदण्ड अनुसार संक्रमणपछि क्वारेन्टाइन बसेका, केहीको दोश्रो र केहीको तेश्रो पटक कोरोना परीक्षण गरेर घर पठाइएको जोशीले जानकारी दिए। 
जिल्लामा अहिले सम्म ४ हजार १२९ जनाको स्वाब संकलन गरिएकोमा अब ३२ जनाको मात्रै रिपोट आउन बाँकी रहेको छ। उनले भने ‘अहिले नै जिल्ला कोरोनामुक्त भन्न सकिने अवस्था छैन्। अहिलेका लागि सक्रिय संक्रमित शुन्य छन्। स्वाब संकलन कार्य अझै पनि जारी छ।’

जिल्लामा संक्रमितका आफन्तहरुको समेत स्वाब संकलन गरेर कोरोना परीक्षण गरिएकोमा सबै रिपोट नेगेटिभ आएकाले समुदायमा कोरोना नफैलिएको उनले बताए। तत्कालका लागि कोरोना संक्रमित नरहेपनि स्वास्थ्य सुरक्षा मापदण्ड भने परिपालना गर्न आवश्यक रहेको जोशीले बताए। उनले भने ‘अहिले नै ढुक्क हुने स्थिती छैन्। अहिले सम्म हामीले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएकै कारण समुदायमा कोरोना फैलिन पाएको छैन्। अझै पनि सबैले सचेत हुनु आवश्यक छ।’

जिल्लाको दशरथचन्द नगरपालिकामा ४६, पाटन नगरपालिकामा ४४, मेलौली नगरपालिकामा ३३ र पुर्चौंडी नगरपालिकामा १० जनामा कोरोना पुष्टि भएको थियो। यस्तै पञ्चेश्वर गाउँपालिकामा ६०, सुर्नया गाउँपालिकामा २८, दोगडाकेदार गाउँपालिकामा ४५, डिलाशैनी गाउँपालिकामा ८, सिगास गाउँपालिकामा ५१ र शिवनाथ गाउँपालिकामा ५० जनामा कोरोना पुष्टि भएको थियो। अहिले कोरोना पुष्टि भएका सबै संक्रमणमुक्त भएर घर फर्किसकेका छन्।

जिल्लामा १२ हजार बढी नागरिक भारतबाट फर्केका भएपनि उनीहरु मध्ये अधिकांशलाई १४ दिन क्वारेन्टाइनमा बसाएकाले कोरोनाको जोखिम कम भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए। उनले भने ‘अझै पनि कोरोनाको जोखिम कायमै छ। स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन आवश्यक छ।’

केही दिन पहिला कोरोना संक्रमित बढ्दै जाँदा स्थानीय प्रशासनले भदौ ८ गतेदेखि २१ गते सम्म जिल्लामा निषेधाज्ञा जारी गरेको थियो। अहिले पनि भदौ ३१ गते सम्म केही खुकुलो गरेर जिल्लामा निषेधाज्ञा कायमै छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.