इटालीमा स्कुल खुल्न थाले, ५६ लाख विद्यार्थीको नियमित पढाइ सुरु
रोम : इटालीमा ६ महिना लामो लकडाउनपछि अधिकांश स्कुलहरु खुलेका छन् ।
इटालीका २० मध्ये १३ प्रान्तका ५६ लाख विद्यार्थी अब नियमित रुपमा स्कुल जाँदैछन् । थप स्कुल भने अर्को साता मात्रै खुल्नेछन् ।
कोभिड १९ महामारी नियन्त्रणको लागि इटालीले गत मार्चको पहिलो सातादेखि नै स्कुलहरु बन्द गर्ने निर्णय गरेको थियो । कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित भएका देशमध्ये इटाली पनि एक हो ।
जहाँ करिब ३५ हजार भन्दा धेरैको मृत्यु भइसकेको छ । पछिल्लो समय नयाँ संक्रमित थपिँदै गरेकाले यहाँ दोस्रो लहरको संक्रमण बढ्नसक्ने बताइन्छ ।