भारतमा १७ सांसदलाई कोरोना संक्रमण

भारतमा १७ सांसदलाई कोरोना संक्रमण

नयाँदिल्ली : भारतमा संघीय संसदको वर्षे अधिवेशन सुरु हुनुअघि सांसदहरुमा कोरोना परीक्षण गरिँदा १७ जना सांसद कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।

सोमबार समाचार आएअनुसार सत्तारुढ दल भारतीय जनता पार्टीकी मिनाक्षी लेखी, अनन्त कुमार हज्डी, प्रवेश सहिब सिंहलगायत सांसदलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

कोरोना महामारीका कारण भारतको संघीय संसदको वर्षे अधिवेशन ढिलो गरी यही सोमबारदेखि सुरु भएको छ । सांसदहरुलाई बैठकमा आउँदा सावधानी अपनाउनुका साथै गाइडलाइन पालना गर्न सुझाव दिइएको छ ।

सांसदहरुका लागि कोरोनाबारे जानकारी उपलब्ध गराउन र सहज सूचनाका लागि मोबाइल एप समेत बनाइएको छ । सोही अनुरुप सांसदहरु पूर्वतयारी गर्छन् । यससँगै भारत विश्‍वकै सबैभन्दा धेरै कोरोना संक्रमित भएको देशममा छ । साथै तीव्र रुपमा संक्रमण फैलिएको पनि भारतमा नै हो । यद्यपि भारत सरकारले संक्रमण असरका आधारमा रेडजोन, ग्रीन जोन र एल्लो जोन भनी सार्वजनिक सवारी कतै खुलाउने र कतै बन्द गराउने गरेको छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.