जापानी प्रधानमन्त्रीमा योसिहिदे सुगा निश्चित

जापानी प्रधानमन्त्रीमा योसिहिदे सुगा निश्चित

टोकियो (बीबीसी): जापानको सत्तारूढ पार्टीले सिन्जो आबेपछि योसिहिदे सुगालाई आफ्नो नयाँ नेता चुनेको छ । यसले सुगा नै नयाँ प्रधानमन्त्री हुने निश्चितजस्तै भएको छ । प्रधानमन्त्री आबेले स्वास्थ्य स्थिति खराब भएका कारण गत महिना राजिनामा दिएका थिए । ७१ वर्षीय सुगा आबेका नजिकका व्यक्ति मानिन्छन् । 

त्यसकारण उनले आबेकै नीतिलाई अगाडि बढाउने आशा गरिएको छ । नेता छान्न मतदान भएको थियो । आफ्नो पार्टीका सांसद र क्षेत्रीय प्रतिनिधिसमेत गरी ५ सय ३४ मा उनले ३ सय ७७ मत पाए । उनका प्रतिस्पर्धीमा पूर्वपरराष्ट्र मन्त्री फुमियो किसिदा र लिबरल डेमोक्य्राटिक पार्टीका पूर्वमहासचिव तथा पूर्वरक्षामन्त्री सिजेरु इसिबा थिए । सांसदबीच बुधबार मतदान हुने कार्यक्रम छ । पार्टीको बहुमत हेर्दा उनी प्रधानमन्त्री बन्ने निश्चित देखिन्छ । 

उनी स्ट्रबेरी किसानको परिवारमा जन्मिएका हुन् । उनले टोकियोस्थित होसेई विश्वविद्यालयबाट स्नातक गरी संसदीय चुनाव अभियानमा काम गर्न थालेका थिए । उनले लिबरल डेमोक्य्राटिक पार्टीको एक सांसदको सचिवका रूपमा काम गरे । त्यसपछि उनले आफ्नै राजनीतिक यात्रा सुरु गरे । उनी सन् १९८७ मा योकोहामा सिटी काउन्सिलमा चुनिएका थिए । सन् १९९६ मा पहिलो पटक जापानको सांसद पदमा विजयी भएपछि उनको राजनीतिक यात्रा रोकिएन ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.