एक र दुई रुपैयाँको नोट छाप्न अनुमति, रसुवागढीबाट पनि नेपाली आउन पाउने

एक र दुई रुपैयाँको नोट छाप्न अनुमति, रसुवागढीबाट पनि नेपाली आउन पाउने

काठमाडौं : सरकारले राष्ट्र बैंकलाई एक र दुई रुपैयाँको नोट छाप्न अनुमति दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उक्त नोटमा नेपालको नक्सा राख्नुपर्ने बताए।

सरकारले चैत्र ११ गतेदेखि नै भदौ ३१ गतेसम्म अन्तराष्ट्रिय सीमा बन्द गरेको थियो। कोरोना भाइरस (कोभिड १९)को जोखिम कायमै रहेकाले असोज ३० गतेसम्म सिमा नाका बन्द गर्ने निर्णय गरेको छ। तर समस्यामा परेका नेपालीलाई निश्चित बिन्दुबाट प्रवेश गर्न सरकारले विशेष आदेश जारी गरेको छ। भारतसँग सीमा जोडिएका १० प्रमुख नाकाबाट प्रवेश दिइरहेकोमा थप दुई नाकाबाट नेपालीहरु आउन पाउने भएका छन्। इलामको पशुपतिनगर र दार्चुलाको खलंगा पुलघाट नाकाबाट नेपाली आउन पाउने निर्णय गरिएको मन्त्री ज्ञवालीले बताए। चीनको रसुवागढीबाट पनि नेपाली आउन पाउने सरकारले निर्णय गरेको छ। विकास आयोजनामा आवश्यक पर्ने विदेशी जनशक्ति ल्याउन अनुमति खुला गरिएको छ। ७२ घण्टाको पिसीआर रिपोर्ट ल्याउनुपर्ने र आयोजनाले व्यवस्था गरेको आवासमा बस्नुपर्ने छ।

आउँदो असोज १ गतेदेखि लामो दुरीका सवारी साधन र आन्तरिक उडान सुरु हुने भएका छन्। ज्ञवालीले स्वास्थ्य मापदण्ड अपनाएर असोज १ गतेदेखि नै लामो दुरीका सवारी साधन र आन्तरिक उडान गर्ने निर्णय गरिएको बताए। प्रवक्ता ज्ञवालीले ५० प्रतिशत बढी भाडा लिनेगरी लामो दूरीका सवारी साधन असोज १ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिए।

लामो दूरीका सवारी साधनले स्वास्थ्य मापदण्ड पूरा गरी ५० प्रतिशत मात्र यात्रु बोक्न पाउने छन्। यात्रुले अनिवार्य मास्क लगाउनुपर्नेछ। गाडीभित्र र ढोकामा स्यानिटाइजर अनिवार्य रुपमा राख्नुपर्ने निर्णय गरिएको छ। सवारी साधन सञ्चालन सम्बन्धी थप मापदण्ड भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बनाउने छ। त्यसको अनुगमन यातायात विभाग र ट्राफिक प्रहरीले गर्ने छन्। सवारी साधन दैनिक डिस्इन्फेक्सन गर्नुपर्ने छ। उडान र यातायातका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप मापदण्ड बनाउन सक्ने छन्। यात्रुले मापदण्ड अनिवार्य कार्यान्वयन गर्नुपर्ने छ।

विमानले भौतिक दुरी कायम गरी ५० प्रतिशत मात्रै यात्रु राख्न पाउने छन्। विमानमम नियमित डिस्फेक्सन गर्नुपर्ने छ। भाडादर पर्यटन मन्त्रालयले टोक्ने प्रवक्ता ज्ञवालीले बताए। पर्यटन र स्वास्थ्य मन्त्रालयले मापदण्ड तोक्ने र कार्यान्वयन भए नभएको नियमन नागरिक उड्यान प्राधिकरणले गर्ने भएको छ। त्यस्तै अन्तराष्ट्रिय उडानको हकमा आवश्यकता अनुसार पर्यटन मन्त्रालयले नियमित तथा चार्टर्ड उडान अनुमति दिन सक्ने छ। यात्रुले ७२ घण्टाको पिसिआर अनिवार्य ल्याउनुपर्ने छ। 
सरकारले हिमाल आरोहण र पदयात्रा कार्तिक १ गतेदेखि यात्रा अनुमति  दिने निर्णय गरेको छ। त्यसका लागि सम्बन्धीत कुटनीतिक नियोगले भिषा दिने व्यवस्था मिलाइएको छ।

असोज १ गतेदेखि नै होटल, रेष्टुराँ, ट्राझल पनि सञ्चालनमा आउने छन्। निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडा सरकारको विशेष आर्थिक सल्लाहकार नियुक्त भएका छन्। मन्त्रीस्तरीय सेवा सुविधा पाउने गरी खतिवडालाई आर्थिक सल्लाहकार नियुक्त गरिएको प्रवक्ता ज्ञवालीले बताए। राष्ट्रियसभा सदस्य हुँदै अर्थमन्त्री बनेका खतिवडाले कार्यकाल सकिएपछि भदौ १९ गते राजीनामा दिएका थिए।

सरकारले एसियाली विकास बैंकसँग सहुलियत ऋण लिने निर्णय गरेको छ। सरकारले सार्क राष्ट्र मुलुकका प्रतिनिधिसँग बैठक गर्न परराष्ट्र मन्त्रालयका ३ सदस्यीय प्रतिनिधि टोली गठन गरेको छ। कफी विकास केन्द्र बिस्तार गर्न मुसीकोट नगरपालिमा ५० रोपनी जग्गा प्राप्त गर्न स्वीकृति दिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.