सीमामा बिना रोकतोक आवतजावत

सीमामा बिना रोकतोक आवतजावत

परासी : पश्चिम नवलपरासीको सीमा नाकाबाट निर्वाध रुपमा सर्वसाधारणहरु भारतीय बजारमा आउजाउ गर्ने क्रम बढेको छ। केही दिनअघि वैकल्पिक बाटो हुँदै लुकिछिपी जाँदै गरेका सर्वसाधारणहरु अहिले भने प्रमुख नाकाबाटै आवतजावत गर्ने गरेका छन्।

सीमावर्तीका स्थानीय मात्र नभई जिल्लाका विभिन्न ठाउँबाट समेत मोटरसाईकल र साईकल लिएर किनमेलका लागि भारतीय बजारमा जानेहरु लर्को नै लगाएर पुग्ने गरेका छन्। त्यसरी जाने सर्वसाधारणलाई नाकामा रहेका सुरक्षाकर्मीहरुले समेत बिना रोकतोक जान दिने गरेका छन्। सीमा क्षेत्रको आवतजावतमा पूर्ण रुपमा रोक लगाइएको छ। तर जिल्लाको प्रमुख नाका महेशपुर, भूजहवा, विस्नुपुरालगातका नाकामा सर्वसाधारणको आवतजावत विगतमा जस्तै सामान्य बन्दै गएको छ।  दैनिक सामान र औषधि उपचारका लागि भन्दै प्रमुख नाकाबाट सुरक्षाकर्मीले नै निर्वाध रुपमा आवतजावत गर्न दिएपछि जिल्लामा कोरोना संक्रमणको जोखिमलाई बढाएको छ। हालसम्म जिल्लामा ३ सय ६८ संक्रमित भएका छन्। ४ जनाको मृत्यु भएको छ। सीमावर्ती भारतीय बजारमा समेत हरेक दिन संक्रमणको दर उच्च बन्दै गएको ठूठीबारीका पत्रकार मनोज कुमार जोशिले बताए।

सीमा क्षेत्रका भारतीय बजारमा र लामो तथा छोटो दुरीका सार्वजनिक सवारी साधन समेत पूर्ण रुपमा खुला गरिएको छ। त्यसले गर्दा पनि सर्वसाधारणहरु दैनिक किनमेलदेखि गोरखपुर, नौतनवा, निचलौललगायतका बजारमा स्वास्थ्य उपचारका लागि गएर फर्कने गरेका छन्। दैनिकजसो १ हजार बढी स्थानीयहरु भारत गएर फर्कने गरेको स्थानीय नरसिंह गुप्ताले बताए। सीमामा सुरक्षाकर्मी रहेपनि सामान्य सोधपुछ गरेर आउजाउ गर्न दिएपछि अहिले चहलपहल बढेको उनले बताए।

नेपालमा भन्दा भारतीय बजारमा दैनिक उपभोग्य सामाग्री र लत्ताकपडा सस्तो पाउने भएकाले ठूठीबारीबाट सामान किनेर फर्केको पाल्हीनन्दन गाउँपालिका–२ का भगवन्त चमारले बताए। महेशपुरस्थित प्रमुख नाकामा खटिएका एक प्रहरी जवानले आउजाउ रोके स्थानीयहरु प्रतिकारमै उत्रिन थालेकाले रोक लगाउन नसकिएको बताए।‘ सामान किन्न दैनिकजसो सर्वसाधारणहरु आउँछन्। रोक लगाउँदा उल्टै प्रहरीमाथि हातपात गर्न खोज्छन्। भारतबाट ल्याएका सामानलाई चेकजाँच गरेर छाड्ने गरेका छौं। ’उनले भने।

प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले सीमा क्षेत्रमा आउजाउ बढेको र यसले कोरोना संक्रमणको जोखिमलाई बढाएको बताए। ‘भारतीय बजारमा किनमेलका लागि जानेको संख्या बढेको छ। यसमा सर्वसाधारणदेखि स्थानीय सरकार पनि गंभिर बन्न जरुरी छ। तै पनि आवतजावतलाई कडाई गर्ने प्रयास गछौं’ प्रजिअ पाठकले भने।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.