भारतमा कोरोना संक्रमितको संख्या ५० लाख नजिक

भारतमा कोरोना संक्रमितको संख्या ५० लाख नजिक

नयाँ दिल्ली : महामारी कोरोना भाइरसबाट भारतमा ५० लाख बराबर संक्रमित भइसकेका छन्। हालसम्म भारतमा ४९ लाख ३० हजार २३६ संक्रमित भेटिएका छन्।

भारतमा मंगलबार ९१ हजार १२० संक्रमित थपिएका छन्। त्यस्तै १ हजार २८३ संक्रमितको ज्यान गएको छ। यससँगै भारतमा ८० हजार ७७६ संक्रमितको मृत्यु भइसकेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकमा रहेको छ। 

हाल भारतमा ९ लाख ९० हजार ६१ सक्रिय संक्रमित रहेका छन्। साथै संक्रमितमध्ये ३८ लाख ५९ हजार ३९९ निको भइसकेका छन्।

पछिल्लो समय धेरै संक्रिमित संख्या भेटिएको भारतको महाराष्ट्र राज्य बढी आक्रान्त बनेको देखिएको छ। १० लाख ७७ हजार ३७४ संक्रमित भेटिएको महाराष्ट्रमा हालसम्म २९ हजार ८९४ ले ज्यान गुमाइकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। महाराष्ट्रमा मंगलबार मात्र १७ हजार ६६ संक्रमित भेटिएका छन् भने ३६३ ले ज्यान गुमाएका छन्। हाल २ लाख ९१ हजार ६३० सक्रिय संक्रमित रहेका छन्।

महाराष्ट्रपछि आन्ध्र प्रदेशमा बढी संक्रमित भेटिएका छन्। मंगलबार ७ हजार ९५६ संक्रमित थपिएसँगै प्रदेशमा ५ लाख ७५ हजार ७९ संक्रमित भइसकेका छन्। जसमध्ये ४ लाख ७६ हजार ९०३ निको भएका छन्। हालसम्म आन्ध्र प्रदेशमा ४ हजार ९७२ ले ज्यान गुमाइसकेका छन्।

यसैगरी तामिलनाडुमा संक्रमितको संख्या ५ लाख ८ हजार ५११ पुगेको छ। मंगलबार ५ हजार ७५२ नयाँ संक्रमित भेटिएका छन्। यस्तै ८ हजार ४३४ को मृत्यु भएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.