बहराइन र युएईले इजरायलसँग गरे शान्ति सम्झौता, अमेरिका खुसी हुँदा प्यालेस्टाइनीको विरोध

बहराइन र युएईले इजरायलसँग गरे शान्ति सम्झौता, अमेरिका खुसी हुँदा प्यालेस्टाइनीको विरोध

वासिङटन : बहराइन र संयुक्त अरब इमिरेट्स (युएई)ले इजरायलसँगको शान्ति सम्झौतामा हस्ताक्षर गरेका छन्। मंगलबार अमेरिकाको मध्यस्थतामा तिन मुलुकले सम्बन्ध सुधार गर्ने सम्झौतामा हस्ताक्षर गरेका हुन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सम्झौतामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु, युएईका विदेशमन्त्री शेख अब्दुल्लाह बीन जायद अल नायन र बहराइनका विदेशमन्त्री अब्दुल्लातिफ अल जायनीले हस्ताक्षर गरे। हस्ताक्षरका लागि अमेरिकी राष्ट्रपतिले पहिले युएईलाई मनाएका थिए भने पछि बहराइन पनि सहमत भएको थियो। सम्झौता एक महिनाभित्र ‘नाटकीय ढंग’मा भएको अलजजिराले जनाएको छ। सम्झौता इरानकाविरुद्धको रणनीतिक साझेदारी भएको बताइएको छ।

सम्झौतालाई तिन वटै मुलुकले ‘ऐतिहासिक’ भनेका छन्।

इजरायलसँग इजिप्टले सन् १९७९ र जोर्डनले १९९४ मा शान्ति सम्झौता गरे यता युएई र बहराइन तेस्रो र चौथो अरब मुलुक बनेका छन्।

नयाँ मध्यपूर्वको मिर्मिरे बिहानी : डोनल्ड ट्रम्प
युएई र बहराइनले इजरायलसँग गरेको शान्ति सम्झौतामा अमेरिकाले खुसी व्यक्त गरेको छ। राष्ट्रपति डोनल्ड ट्रम्पले सम्झौतालाई ‘नयाँ मध्यपूर्वको मिर्मिरे बिहानी’ भनेका छन्।

बीबीसीका अनुसार इजरेलसँगको सम्बन्ध पूर्ण रूपमा सामान्य बनाउन दुई खाडी मुलुकले सम्झौतामा हस्ताक्षर गरेपछि ट्रम्पले त्यस्तो बताएका हुन्। यस्तै राष्ट्रपति ट्रम्पले अन्य अरबी मुलुकले पनि इजरायलसँग चाँडै यस्तै सम्झौता गर्नेमा विश्वास व्यक्त गरे। 

अधिकांश अरबी मुलुकले प्यालेस्टानसँग द्वन्द्व समाधान नगरेसम्म इजरायललाई बहिष्कार गर्ने निर्णय गरेका छन्।

प्यालेस्टाइनीको विरोध प्रदर्शन
तिन मुलुकबीच भएको सम्झौताविरुद्ध प्यालेस्टानीले प्रदर्शन गरेका छन्। सयौँको संख्यामा गाजा क्षेत्रमा मंगलबार जम्मा भएका प्रदर्शनकारीले अर्काको जमिन कब्जा गर्नेसँग सम्झौता गरिएको भन्दै त्यसको विरोध गरेका हुन्।

प्रदर्शनकारीले ‘राजद्रोह’, ‘कब्जाकर्तासँग सामान्यीकरण हुँदैन’ तथा ‘लाजको सम्झौता’ लगायतका प्लेकार्ड बोकेका थिए।

प्रदर्शनकारीले इजरायलले प्यालेस्टाइनीको घर खोसेको बताएका छन्। ‘हरेक दिनजसो इजरायलका डोजर हाम्रा बस्तीहरूमा चल्छन्’, प्रदर्शनकारी एमाद एस्साले भने, ‘उनीहरूले हाम्रा घरसहित समुदायलाई नै विनाश गरिरहेका छन्।’

‘त्यो त प्यालेस्टानीविरुद्ध इजारायली अपराधको एक झिनो उदाहरण मात्र हो’, एमादले भने, ‘युएई र बहराइनले सम्झौता गरेर इजरायललाई यस्तो अपराधको पुरस्कार भयो।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.